Thursday, 18th April, 2019

चन्द्रमामा इजरायली स्पेसक्राफ्ट दुर्घटना

जेरुसेलम  पहिलो पटक निजी क्षेत्रबाट चन्द्रमामा पठाइएको इजरायली स्पेसक्राफ्ट दुर्घटनामा परेको छ । यसको मुख्य इन्जिन फेल भएका कारण बेरेसिट नामको सो स्पेसक्राफ्ट दुर्घटनामा परेको हो । सो स्पेसक्राफ्ट चन्द्रमाको सतहमा नै दुर्घटनामा परेको हो । सो मिसनको उदेश्य तस्विर लिने र त्यहाँको अवस्थाको बारेमा परीक्षण गर्ने रहेको थियो । स्थानीय समयअनुसार हिजो बेलुका सो सम्बन्धी जानकारी दिइएको हो ।

इजरायल चन्द्रमामा स्पेसक्राफ्ट पठाउने चौथो मुलुक हुने अपेक्षा गरिएको थियो । यसअघि सरकारी तहबाट सोभियत संघ, अमेरिका र चीनले मात्रै चन्द्रमामा आफ्नो स्पेसक्राफ्टको सफल अवतरण गराएका थिए । तेल अभिभबाट त्यसको दृश्य हेरिरहेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक पटकमा सफल नभएपनि अर्को पटक प्रयास गर्नुपर्ने बताएका छन् ।

सात हप्तासम्मको उडानपछि सो स्पेसक्राफ्ट चन्द्रमामा पुगेको थियो । सो यान मानवरहित रहेको बताइएको छ ।

चन्द्रमामा यान पठाउने सम्बन्धी सो परियोजना १०० मिलियन अमेरिकी डलरको रहेको बताइएको छ । सो यान २२ फेब्रुवरीमा त्यसतर्फ गएको थियो । यसअघि पठाइएका यानपनि चन्द्रमामा दुर्घटनामा परेको बताइएपनि अहिलेको घटना भने ४८ वर्षपछि पहिलो पटक भएको बताइएको छ । -बीबीसी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News