Monday, 20th May, 2019

भ्रष्टाचार आरोपी पूर्वराष्ट्रपति टेमरद्वारा आत्मसमर्पण

रियो दि जेनेरियो  भ्रष्टाचारको आरोप लागेका ब्राजीलका पूर्व राष्ट्रपति मिसेल टेमरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । आत्मसमर्पणपछि प्रहरीले उनलाई साओ पाउलोस्थित संघीय प्रहरीको हिरासतमा राखेको छ । पूर्व राष्ट्रपति टेमरलाई गत मार्चमा पनि चार दिन हिरासतमा राखिएको थियो ।

तर बन्दी प्रत्यक्षीकरण रिट जारी भएपछि उनी हिरासतबाट मुक्त भएका थिए । गत बुधबार अदालतले पुनः जेल चलान गर्न आदेश दिएपछि टेमरले आत्मसमर्पण गरेका हुन् ।गत वर्षको अन्त्यमा राष्ट्रपतिको कार्यकाल सकिएको थियो । त्यसलगत्तै उनी भ्रष्टाचारसहितका आरोपमा मुछिएका छन् ।

उनीविरूद्ध भ्रष्टाचार गरेको, घुस लिएको र आपराधिक संगठनको नेतृत्व गरेको जस्ता कैयौं अभियोग लागेका छन् । आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै आएका पूर्व राष्ट्रपति टेमरले अदालतको आदेश खेदजनक भएको टिप्पणी गरेका छन् । त्यस निर्णयविरूद्ध माथिल्लो अदालतमा जाने उनको भनाइ छ ।

भ्रस्टाचारको अनुसन्धानका क्रममा लुला दा सिल्भापछि गिरफ्तार हुने उनी ब्राजिलका दोस्रा पूर्व राष्ट्रपति हुन् । टेमरकै सक्रियतामा ब्राजीलकी वामपन्थी राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग लगाएपछि टेमर राष्ट्रपति बनेका थिए ।

रुसेफको कार्यकालमा उपराष्ट्रपति रहेका उनले रुसेफमाथि ब्राजीलको पेट्रोबास कम्पनीबाट ठूलो मात्रामा अनियमितता र भ्रष्टाचारको आरोप लगाएका थिए । तर पदबाट हट्नेवित्तिकै टेमर आफैं भ्रष्टाचारको मुद्दामा जेल पुगेका हुन् । एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News