Monday, 17th June, 2019

चिनियाँ राष्ट्रपतिद्वारा रुसी समकक्षी पुटिनको प्रशंसा

काठमाडौँ  चीनका राष्ट्रपति सी जिन्पिङले रुसी समकक्षी भ्लादिमर पुटिनलाई ‘निकटका मित्र’ भन्दै उनको प्रशंसा गरेका छन् । चीन र अमेरिकाबीच व्यापारयुद्ध चर्किएको बेलामा सी तीनदिने भ्रमणका लागि रुस पुगेका छन् ।

उनको यो भ्रमण चीन र रुसबीच व्यापार र अन्य सम्बन्धबारे केन्द्रित छ। युक्रेनमा भएको द्वन्द्वका कारण अन्य पश्चिमा राष्ट्रसँग सम्बन्ध बिग्रिएपछि रुसले पूर्वी राष्ट्रहरूसँग आफ्नो सम्बन्ध सुधार्ने निर्णय गरेको थियो ।

दुई पक्षले व्यापारिक सहमतिहरूमा हस्ताक्षर गरे भने राष्ट्रपति सीले मस्कोस्थित चिडियाखानालाई दुईवटा पान्डा हस्तान्तरण गरे। चिनियाँ राष्ट्रपति बुधवार मस्को पुगेका हुन्। उनले एउटा पत्रकार सम्मेलनमा बोल्दै पुटिनसँग आफ्नो ‘गहिरो व्यक्तिगत मित्रता’ भएको बताए ।

‘छ वर्षमा हामीले झन्डै ३० पटक भेटेका छौँ। मैले सबैभन्दा धेरै भ्रमण गरेको देश रुस हो र राष्ट्रपति पुटिन मेरा सबैभन्दा निकटका मित्र तथा सहकर्मी हन्’, उनले भने। पुटिनले रुस र चीनको सम्बन्ध अभूतपूर्व तहमा पुगेकोमा आफू प्रसन्न भएको बताए। ‘यो संसारभरिका लागि साझेदारी र रणनीतिक सहकार्य हो’, उनले भने ।

चीन र रुस कसरी ‘निकटका मित्र’?
युरोप र विशेषगरी अमेरिकाले एक्लो पारेको अनुभूति गरेपछि चीन र रुसबीच गठबन्धन बनेको हो। पाँच वर्षअघि युक्रेनमा भएको रुसी हस्तक्षेपका कारण रुसमाथि प्रतिबन्ध लगाइएपछि उसको पश्चिमा राष्ट्रहरूसँग सम्बन्ध बिग्रिएको हो।

सन् २०१५ मा सिरियामा बशर अल असदको सत्तालाई सघाएकोमा पनि रुसको आलोचना हुने गरेको छ। डोनल्ड ट्रम्पको नेतृत्वमा भएको सरकारले राष्ट्रिय आर्थिक स्वार्थका लागि भन्दै भूमण्डलीकरणको मान्यतालाई बेवास्ता गरेपछि चीन र अमेरिकाबीच सम्बन्ध बिग्रिएको छ। यी देशबीच अहिले व्यापारिक युद्ध चर्किएको छ।

विवाद समाधान गर्न गरिएका वार्ता असफल भएपछि दुवै देशले एकअर्काबाट आयात हुने सामग्रीमा चर्को कर लगाउने घोषणा गरेका छन्। पश्चिमबाट परित्यक्त भएको दुवैले महसुस गरेकाले चीन र रुस आर्थिक र सैन्य सहकार्यका लागि नजिकिएको पर्यवेक्षकहरू बताउँछन्।

उनीहरूको साझेदारीका कारण व्यापारमा पनि वृद्धि भएको छ। क्रेमलिनका अनुसार सन् २०१८ मा व्यापार २५ प्रतिशतले बढेर १०८ अर्ब अमेरिकी डलर पुगेको थियो। एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News