Friday, 20th September, 2019

अमेरिका–इरान तनावले पेट्रोलियमको भाउ बढ्यो

काठमाडौं  अमेरिका र इरानबीच बढ्दो द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ वृद्धि हुन थालेको छ । शुक्रबार अन्तर्राष्टिय बजारमा तेलको मूल्य प्रतिब्यारेल ५७.२५ डलरमा कारोबार भइरहेको छ । कच्चा तेलको भाउ पछिल्ला केही दिनमा ६% हाराहारीमा वृद्धि भएको हो ।

यस्तै, ग्लोबल वेन्चमार्क वेन्ट क्रुड पनि ४.५% सम्म बढेर प्रतिब्यारेल ६४.८४ डलर पुगेको छ । सन् २०१५ को इरान न्युक्लियर सम्झौता अमेरिकी ट्रम्प प्रशासनले अस्वीकार गरेपछि दुई देशबीच द्वन्द्व चर्किएको हो ।

द्धन्द्ध अझै जारी छ । अमेरिकाले केही दिन अघि मात्रै इरानको तेल टयांकरमा हमला गरेको थियो । त्यसको प्रतिकार गर्दै इरानले फेरि अमेरिकी ड्रोन खसालेको थियो । इरानले अमेरिकी ड्रोन खसाले लगत्तै बिहीबार ट्रम्पले ट्विटर गरेका छन् । उनले इरानले अमेरिकी ठूलो गल्ती गरेको भन्दै ट्वीट गरेका हुन् ।

यसरी दुई देशबीच बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको हो । विश्व बजारमा २०% भन्दा बढी तेल मध्यपूर्वबाट आपूर्ति हुने गर्दछ । तेल बिक्रेता तथा उत्पादक कम्पनीहरुबीच भाउमा सामान्य तलमाथि भने देखिन्छ ।

अमेरिकी फेडरल रिजर्भले आगामी बैठकमा ब्याजदर कटौतीको तयारी गरेकाले पनि तेलको भाउ बढ्न मद्दत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यता, केही सञ्चार माध्यमहरुले भने अमेरिका र इरानबीच युद्ध लम्बिएमा दीर्घकालमा भने विश्व बजारमा तेलको भाउ घट्न सक्ने प्रक्षेपण समेत गरिरहेका छन् । पेट्रोलियम पदार्थकै विषयलाई लिएर फेरि दुई देशबीच तनाव बढ्न सक्ने संकेतहरु पनि देखिएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News