Wednesday, 17th July, 2019

चीनको आन्तरिक मामलामा हस्तक्षेप नगर्न चेतावनी

काठमाडौं । चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको छ। हङकङमा जारी प्रदर्शनलाई लिएर बेलायती पक्षको टिप्पणीप्रति लक्षित गर्दै चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको हो।

चीनका लागि बेलायती राजदूतले लिउ सियामिङले विदेश सचिव जेरिमी हन्ट र अन्य बेलायती अधिकारीहरुले प्रदर्शनकारीहरुको गतिविधिलाई लिएर दिएको अभिव्यक्ति चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको र यसले दुई देशको सम्बन्धमा क्षति पुर्याएको बताएका छन्।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले पनि बेलायती विदेश सचिवको अभिव्यक्ति गलत भएको भन्दै आपत्ति जनाएका थिए। बेलायती विदेश सचिवले हङकङका प्रदर्शनकारीहरुलाई बहादुरको संज्ञा दिएका थिए।

यसअघि बेलायती प्रधानमन्त्री टेरिजा मेले पनि हङकङमा जारी प्रदर्शनलाई लिएर आफूले चिनियाँ नेताहरुसमक्ष चासो प्रकट गरेको बताएकी थिइन्। सुपुर्दगी विधेयकलाई लिएर हङकङमा एक हप्तादेखि प्रदर्शन भइरहेको छ। एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News