Tuesday, 21st January, 2020

राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पारित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित भएको छ । ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बुधबारदेखि बहस चलेको थियो । बहसपछि नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको छ ।

महाभियोगका लागि न्यूनतम २१६ मत आवश्यक पर्नेमा त्यसभन्दा १४ मत बढी परेको हो । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिएपछि शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाभियोग लागेको बताएकी छन् । तल्लो सदनबाट महाभियोग लाग्ने ट्रम्प अमेरिकाका तेस्रो राष्ट्रपति हुन् । अब यसबारे माथिल्लो सदनले छिनोफानो गर्नेछ । माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुको बहुमत छ ।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप लागेको छ । पूर्व उपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । यसबारे विभिन्न सुनुवाइ गरेको तल्लो सदनले मतदानमार्फत ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको हो ।

यसअघि पनि तीन राष्ट्रपति विरूद्ध दर्ता भएको थियो महाअभियोग प्रस्ताव

राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पहिले अमेरिकी इतिहासमा ३ अन्य राष्ट्रपतिले महाअभियोग प्रक्रियाको सामना गरेका थिए । तर कुनै पनि राष्ट्रपतिले महाभियोगको पक्षमा मतदान भएर पराजित हुनुपरेको थिएन । तथापि, रिचर्ड निक्सनले महाभियोगको चर्चापछि राजिनामा दिएका थिए । महाअभियोग सदनमार्फत राष्ट्रपतिलाई हटाउने संवैधानिक माध्यम हो ।

डेमोक्रेटिक पार्टीका तर्फबाट सन् १८६८ मा राष्ट्रपति बनेका एन्ड्रु जोनसन १ मतले महाभियोगबाट बचेका थिए । उनले अमेरिकी गृहयुद्ध र दक्षिणी राज्यहरूलाई केन्द्रमा पुनः एकीकरण गर्ने र पुनः निर्माण अभियानका क्रममा अमेरिकी संसद (कंग्रेस) मा द्वन्द्वको सामना गर्नुपरेको थियो । कंग्रेस दक्षिणी राज्यका प्रतिनिधिद्वारा मतदान गरी निर्माण गरेका जातीवादी कानुन ‘ब्लाक कोड’सहित जोनसनको पहलमा निर्माण भएका सबै कानूनमाथि ‘भिटो’ शक्ति लगाएको थियो ।

उक्त राजनीतिक संकटमा जोनसनले आफ्ना युद्धमन्त्रीलाई नै बर्खास्त गरेका थिए । जसका कारण उनीमाथि महाभियोगका लागि संसदमा प्रस्ताव गरिएको थियो । यो नै संयुक्त राज्य अमेरिकाको इतिहासमा राष्ट्रपतिमाथि गरिएको पहिलो महाअभियोग प्रस्ताव थियो । सन् १८६८ को फेब्रुवरी २४ मा त्यहाँको हाउस अफ रिप्रिजेन्टिेटिभ (अमेरिकी संसदको तल्लो सदन) ले महाभियोगको प्रस्तावमा मतदान गरेको थियो ।

यो राष्ट्रपतिद्वारा अमेरिकी सिनेटले नियुक्त गरेको व्यक्तिलाई हटाउने प्रयासपछि उक्त विवाद भएको थियो । तर १ महिनाको सुनुवाईपछि सिनेटले मे महिनामा गरेको महाअभियोगप्रस्ताव पारितका लागि मतदानमा दुई तिहाई पुग्न एक मत नपुगेपछि जोनसनको राष्ट्रपति पद जोगिएको थियो । त्यसपछि उनी दोस्रो कार्यकालका लागि पार्टीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्न विफल भएका थिए ।

त्यसैगरी, रिपब्लिकन राष्ट्रपति निक्सनले १९७२ मा भएको निर्वाचन अभियानमा पुनः निर्वाचन हुनका लागि वासिङटनस्थित वाटरगेट भवन (जहाँ डिमोक्रेटिक पार्टीको मुख्यालय थियो) मा भएको चोरी काण्डमा उनको दलले नै चोर पठाएको इन्भेष्टिगेटिभ रिपोर्टिङ (खोजी पत्रकारिता) को समाचार आएको थियो । उनले उक्त घटनालाई अनुसन्धान गर्नमा रोक लगाएका थिए ।

त्यसपछि अमेरिकी अदालतले राष्ट्रपतिका कार्यालयमा भएको वार्तालापको गोप्य रेकर्डमा चोरीका लागि उनी र उनका वरिष्ठ सल्लाहकारको नै संलग्नता भएको प्रमाण फेला पारेको थियो । अदालतले चोरसँग लिएको बयानका आधारमा दोषी ठहरिएपछि राष्ट्रपतिलाई महाअभियोग लगाउने पक्का भएको थियो । प्रस्तावको पक्षमा आवश्यक मत पुग्न सक्ने भएपछि अन्तिममा उनले अगस्ट ९ गते राजिनामा दिएका थिए ।

यस्तै, सन् १९९९ मा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बिल क्लिन्टनले आफूभन्दा झण्डै आधा उमेर कम भएकी मोनिका लेवेन्स्कीसँग यौनसम्बन्ध राखेकोबारे झूटो वयान दिएको आरोप लागेको थियो । तर क्लिन्टनको दलले उनीविरूद्ध लागेको आरोपमा सशक्त प्रतिवाद गरेपछि क्लिन्टनविरूद्धको आरोप भने पुष्टि हुन सकेको थिएन । क्लिन्टनले पूरा कार्यकाल काम गरी सन् २००१ मा राष्ट्रपतिबाट विदा भएका थिए ।

एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । बुधबार शेयर बजारमा क्रेताको चाप रहेको छ । सर्वाधिक बृद्धि...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने...


काठमाडौं । गत बुधबारदेखि निरन्तर बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको...


More News