Tuesday, 21st January, 2020

पूर्वराष्ट्रपति मुशर्रफ विरुद्धको मृत्युदण्ड सजाय रद्द

काठमाडौं । पाकिस्तानको एउटा अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याइदिएको छ। कानुनी प्रक्रिया असंवैधानिक भएको भन्दै अदालतले फैसला उल्ट्याइदिएको हो ।

मुशर्रफले आफूलाई देशद्रोहमा दोषी भन्दै त्यस्तो सजाय सुनाउने विशेष अदालतको गठनलाई गत डिसेम्बरमा चुनौती दिएका थिए।

'मुसर्रफ अब स्वतन्त्र मानिस'

सोमवार, लाहोर उच्च अदालतले निर्वासनमा रहेका मुशर्रफविरुद्धको सजाय उल्ट्याइदिएको हो। सन् १९९९ मा भएको कुुमा उनले सत्ता हत्याएका थिए र सन् २००१ देखि २००८ सम्म राष्ट्रपति बनेका थिए।

अदालतको आजको निर्णयको अर्थ अब जनरल मुशर्रफ 'स्वतन्त्र मानिस' भएको एकजना अभियोजनकर्ताले बताएका छन्।

सुनुवाइ फेरि हुनसक्छ

यद्यपि बीबीसी उर्दूका अनुसार उक्त मुद्दाको सुनुवाइ अर्को अदालतमा पनि हुनसक्छ।

देशद्रोहको यो अभियोग सन् २०१३ यता चलिरहेको छ।

यो सन् २००७ मा मुशर्रफले गरेको संविधानको निलम्बनसँग जोडिन्छ जतिबेला उनले आफ्नो कार्यकाल लम्ब्याउने आशयले सङ्कटकाल घोषणा गरेका थिए।

मुशर्रफलाई पाकिस्तान छोड्न सन् २०१६ मा अनुमति दिइएको थियो र अहिले उनी दुबइमा छन्। बिबिसी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । बुधबार शेयर बजारमा क्रेताको चाप रहेको छ । सर्वाधिक बृद्धि...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने...


काठमाडौं । गत बुधबारदेखि निरन्तर बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको...


More News