Saturday, 22nd February, 2020

गायिका आस्था राउतविरूद्ध जाहेरी दर्ता

काठमाडौं । गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी काठमाडौं प्रहरीमा दर्ता भएको छ । प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको हो।

गायिका राउतमाथि कारबाही गर्न भनी प्रहरी जवान श्रेष्ठले दिएको जाहेरी दर्तासँगै प्रहरी राउतको खोजीमा जुटेको  परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए।

‘उहाँ अहिले फरार हुनुहुन्छ, उहाँको खोजीमा प्रहरी परिचालन भएको छ,’ सुवेदीले पत्रकारसँग भने। प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई नै जाहेरी मानेर प्रहरीले राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दा दर्ता गरेको हो।

अभद्र व्यवहार कसुरको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्छन्। यसमा एक वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान श्रेष्ठमाथि दुर्व्यवहार गरेको प्रतिवेदनमाथि अनुसन्धान तथा कारबाही गर्न काठमाडौं परिसरलाई निर्देशन दिइएको थियो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको थियो। 

उक्त प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन्। मेट्रोले उक्त प्रतिवेदनमाथि कारबाही गर्न परिसर पठाएको थियो। राउतले सो घटनालाई लिएर बाहिर ल्याएको भिडिओ पनि प्रहरीले संकलन गरेको छ। सो भिडिओका आधारमा राउतलाई साइबर अपराधसम्मको कसुरमा अनुसन्धान गरिने महानगरीय कार्यालयले जनायो।

‘सो भिडिओमा प्रहरीमाथि जुन किसिमको अपशब्द र संगठनकै मान मर्यादामा चोट पुर्‍याउने किसिमको शब्द उल्लेख छ, त्यसले साइबर अपराधसम्मको कारबाही आकर्षित गर्छ,’ रानीपोखरीकै एक अधिकृतले भने।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी रामकृपाल साहका अनुसार माघ १ गते राउत भद्रपुर जाने क्रम यो घटना भएको थियो। कानुनबमोजिम अधिकार प्राप्त सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा राउतले दुर्व्यवहार गरेको देखिएको साहले बताए।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको...


काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका एक नेपालीमा कोरोना भाइरसको...


चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । आज मंगलबार पनि शेयर बजारमा २ अर्ब रुपैयाँभन्दा माथिको...


काठमाडौं । पुँजी बजारमा फेरि चमक आउन थालेको छ । केही दिन सुस्त बनेको बजार...


काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो...


काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


More News