Saturday, 22nd February, 2020

मंगल ग्रहमा १० लाख मानिस पठाइने

काठमाडौं । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेक्स एक्सका मंगल ग्रहमा १० लाख मानिस पठाउने लक्ष्य लिएको छ । स्पेक्स एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ट्विट गर्दै कम्पनीको योजना सार्वजनिक गरेका हुन् । मस्कको ट्विटमा सन् २०५० सम्ममा कम्पनीले १० लाख मानिस मंगल ग्रहमा पठाएर मानव बस्ती विकास गर्ने लक्ष्य लिएको स्पष्ट पारेका छन् ।

मस्कका अनुसार शताब्दीको मध्यसम्ममा मंगल ग्रहमा मानव बस्ती बसाल्न रकेटबाट करोडौँ टन अत्यावश्यक सामान पठाउनुपर्नेछ । ‘हरेक वर्ष १०० थान स्टारसिप बनाउँदा १० वर्षसम्म १ हजार थान स्टारसिप बन्नेछ’, मस्कको ट्विटमा उल्लेख छ ।

पृथ्वी र मंगल ग्रह आपसमा सबैभन्दा नजिक आएको मौका छोपेर हरेक वर्ष सय मेगाटन सामान र एक लाख मानिसलाई मंगल ग्रह पठाउने कम्पनीको लक्ष्य छ । यसरी सन् २०५० सम्ममा १० लाख मानिस मंगल ग्रहमा पुर्याउने लक्ष्य सजिलै हासिल गर्न सकिने कम्पनीको दाबी छ । मंगल ग्रहमा मानव बस्ती बसाल्न करिब १ खर्ब डलरदेखि १०० खर्ब डलरसम्म खर्च लाग्ने अनुमान कम्पनीको छ ।

त्यसो त सन् २०१९ सेप्टेम्बरमा स्पेस एक्सले मंगल ग्रहमा मानिस राख्न उपयुक्त सम्भावित साइट उपलब्ध गराउन अमेरिकी अन्तरिक्ष निकाय नासालाई आग्रह गरिसकेको छ । कम्पनीले अहिले मंगल ग्रहमा स्टारसिप बनाउँदैछ । यो एउटा वाहन हो, जसको माध्यमबाट मानिससँगै अत्यावश्यक वस्तुलाई मंगल ग्रह लैजान सकिन्छ ।

कम्पनीले मंगल ग्रहलाई मानव बस्ती बसाल्न योग्य पार्न न्यानो बनाउनुपर्ने भएकोले त्यहाँ ससाना कृत्रिम सूर्य सिर्जना गर्न थर्मोन्यूक्लियर अस्त्र लन्च गर्नुपर्ने जनाएको छ । – एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको...


काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका एक नेपालीमा कोरोना भाइरसको...


चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । आज मंगलबार पनि शेयर बजारमा २ अर्ब रुपैयाँभन्दा माथिको...


काठमाडौं । पुँजी बजारमा फेरि चमक आउन थालेको छ । केही दिन सुस्त बनेको बजार...


काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो...


काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


More News