Saturday, 28th March, 2020

चीनबाट स्वास्थ्य उपकरण ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस नियनत्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने बताएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

सरकारले कोरोना विरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण चीनबाट ल्याउने तयारी गरेको हो । त्यसरी ल्याइएका स्वाथ्य उपकरण तथा साधनहरु प्रदेश, जिल्ला र स्थानीय स्तरमा पठाउने स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । यसअघि स्वास्थ्यकर्मी तथा संस्थाहरुले स्वास्थ्य उपकरण अभावमा विरामीको उपचार गर्न नसकिएको जनाउँदै आएका थिए ।

सो उपकरण सम्बन्धित ठाउँमा पठाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिनेगरी समिति गठन गरिएको छ । त्यस्तै मन्त्री ढकालले पूर्वमा विराटनगर र पश्चिममा नेपालगञ्जबाट दैनिक रुपमा कोरोना आशंकितहरुको नमुना संकलन गर्ने व्यवस्था गरेको जनाएका छन् ।

त्यसका लागि हवाइजहाजको व्यवस्था मिलाएको सरकारले जनाएको छ । त्यस्तै सरकारले आजबाट धरानको विपी कोइराला अस्पतालमा कोरोना परीक्षणका लागि ल्याव सञ्चालनमा ल्याएको र त्यस्तो ल्याव सातै प्रदेशमा विस्तार गर्ने तयारी गरेको समेत जनाए ।

कोरोनाबारे सवै प्रवक्ता बन्ने प्रवृतिको अन्त्य गर्न भगवान कोइराला, लोचन कार्की, मना राई गणराज लोहनी, बसरुद्धिन अन्सारी र बसन्त चौधरी रहेको कमिटी गठन गरेको मन्त्रालयले जनाएको छ । डेलिकेटेड अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको बलम्बुको सशस्त्र अस्पतालको अनुगमन गरी तत्काल सुचारु गर्ने प्रयत्न गरेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । चितवनको भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीकाे...


काठमाडौं । चीनमा तस्कर भएका सालकमा हाल विश्वभर प्रकोपको रुपमा फैलिरहेको...


काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को उपचारका लागि पाटन अस्पताल तयार भएको...


काठमाडौँ । चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार मृत्यु भएका...


काठमाडौँ । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय...


काठमाडौं । सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता