Tuesday, 2nd June, 2020

लकडाउनलाई खुकुलो पार्दै ४४ प्रकारका उद्योग खुल्ने

काठमाडौं । सरकारले शुक्रबारदेखि लकडाउनलाई खुकुलो बनाउने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले लकडाउनलाई खुकुलो बनाउँदै ४२ प्रकारका उद्योगहरु संचालनमा ल्याउने निर्णय गरेको उद्योग मन्त्रालयले जनाएको छ । 

उद्योग मन्त्री लेखराज भट्टले केही दिनअघि उद्योग कलकारखाना बिस्तारै खुलाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए । उनले मंगलबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समिति र बुधबारको मन्त्रीपरिषदमा समेत उद्योग कलकारखाना खोलेर आर्थिक गतिविधिलाई गति दिनुपर्ने प्रस्ताव गरेका थिए । 

उद्योग मन्त्रालयको तर्फबाट उनले गरेका प्रस्ताव सदर गर्दै मन्त्रीपरिषद बैठकले शुक्रबार(बैशाख २६ गते)देखि ४२ प्रकारका उद्योगहरु संचालनमा ल्याउने निर्णय गरेको हो । 

तर, यस्ता उद्योग कलकारखाना संचालनमा ल्याउँदा सामाजिक दूरी कायम गर्नुपर्ने, मजदूर तथा कामदारको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी सम्बन्धित उद्योगले गर्नुपर्ने र पर्याप्त सचेतता समेत अपनाउनुपर्नेछ । 

उद्योगहरुको लागि आवश्यक कच्चा पदार्थ ल्याउन र तयारी मालवस्तु विभिन्न बजारहरुमा पठाउन ढुवानीका साधनहरु समेत संचालन गर्न सक्नेछन् । यसका लागि छुट्टै पास चाहिने छैन भने सम्बन्धित उद्योगको पत्रका आधारमा त्यस्ता गाडी चल्न पाउनेछन् । 

मन्त्रीपरिषदको निर्णयअनुसार शुक्रबारदेखि खाद्यान्न उत्पादन तथा प्रशोधन गर्ने, दूध तथा दूग्धजन्य पदार्थ उत्पादन गर्ने, औषधि तथा औषधिजन्य सामाग्री उत्पादन गर्ने, नूडल्स, तयारी चाउचाउ, बिस्कुट, खाने तेल तथा घ्यू उत्पादन गर्ने लगायतका उद्योगहरु संचालनमा आउन सक्नेछन् । 

उद्योग मन्त्रालयका अनुसार शुक्रबारदेखि संचालन गर्न सकिने उद्योगहरुको सूचि यसप्रकार छ:

  1. औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
  2. खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
  3. खाने पानी उत्पादन गर्ने उद्योगहरु
  4. दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
  5. पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
  6. एलपीजी ग्याँस उद्योग
  7. खाने तेल तथा घ्यू उद्योग
  8. चिनी उद्योग
  9. चिया प्रशोधन उद्योग
  10. कफि उद्योग
  11. अलैंची र अदुवा प्रशोधन उद्योग
  12. प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
  13. पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
  14. नूडल्स तथा तयारी चाउचाउ उद्योग
  15. मसला उद्योग
  16. इँटा उद्योग
  17. कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
  18. धान चामल र चिउरा उद्योग
  19. दाल उद्योग
  20. पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
  21. खानी तथा खनिजजन्य उद्योग
  22. बालुवा प्रशोधन तथा क्रसर उद्योग
  23. सिमेण्ट उद्योग
  24. आइरन तथा स्टिलउद्योग
  25. पेन्टिङ्गस (रंगरोगन) उद्योग
  26. जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
  27. बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
  28. विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
  29. जुुस तथा हल्का पेयपदार्थ उद्योग
  30. प्लाइउड र भेनिर उद्योग
  31. जस्ता पाता उद्योग
  32. हेभी मेशीनरी औजार मर्मत संभार
  33. खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
  34. समिल र काष्ठ उद्योग
  35. आल्मुनियम उद्योग
  36. ग्रील उद्योग
  37. मेसिन पार्टपूर्जा वर्कसप उद्योग
  38. मोटर ग्यारेज वर्कसप उद्योग
  39. छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
  40. फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
  41. ढुवानी तथा कार्गो सेवा उद्योग
  42. सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
  43. औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग
  44. विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता