Tuesday, 2nd June, 2020

सेयरबजार मंगलबारदेखि दैनिक दुई घण्टा खुल्ने

काठमाडौं । कोरोनासंकट र लकडाउनकाबीच खुुल्न लागेको धितोपत्र बजार आगामी मंगलबारदेखि मात्रै खुुल्ने भएको छ । नेपाल धितोपत्र बोर्ड बोर्डमा आज बसेको बैठकबाट आगामी मंगलबारदेखि धितोपत्र बजार सञ्चालन गर्ने निर्णय भएको बोर्ड अध्यक्ष भीष्मराज ढुुंगानाले जानकारी दिए ।

आगामी मंगलबारदेखि खुुल्न गइरहेको धितोपत्र बजार दैनिक २ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुुने उनले जानकारी दिए । उनका अनुसार आगामी आइतबार र सोमबार लकडाउनअघि कारोबार भएको सेयर सेटलमेन्टका लागि र अन्य तयारीका लागि भनी दुई दिनपछि मात्र कारोबार हुुने भएको हो ।

आगामी आइतबारदेखि भने धितोपत्र बजार सम्बद्ध संघसंस्थाहरु भने पूूर्ववत् रुपमा सञ्चालन हुुने उनले बताए । सेयरमूूल्यमा ३ प्रतिशत घटबढ हुुने व्यवस्था गरिएको छ ।यसैगरी नेप्से इण्डेक्स २ प्रतिशत घटबढ भए सो दिन कारोबार बन्द हुुने उनले बताए ।

लगानीकर्ताहरुले सिडिएससीबाट लिइएको मेरो सेयरको नवीकरण शुुल्क ५० रुपैयाँसमेत निशुुल्क गरिएको अध्यक्ष ढुुंगानाको भनाइ छ । बजार सम्बद्ध सरोकारवाला संघसंस्थाहरुका लागि भने बोर्डले पास उपलब्ध गराउने उनले जिकिर गरे । तर, लगानीकर्ता व्यक्ति भएकाले पास उपलब्ध गराउन असमर्थ रहेको उनको भनाइ छ ।

भर्खरै सम्पन्न छलफलबाट नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनका लागि आवश्यक निर्देशन आज नै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई दिइन लागिएको बताइएको छ । अहिले नेप्से सञ्चालक समितिको बैठक बसिरहेको र धितोपत्र बजार सञ्चालनका लागि सूूचना जारी गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता