Saturday, 15th August, 2020

भारतमा सपिङ मल, रेष्टुरेन्ट र पसलहरु संचालनमा

काठमाडौं । विभिन्न देशहरुले लकडाउनलाई खुकुलो बनाएपछि भारतले आज जुन ८ बाट लकडाउन खुकुलो बनाएको छ । यसअघि नै भारतले आन्तरिक हवाई उड्यन र श्रमिकलाई रेल सेवा खोलीसकेको छ । नयाँदिल्लीमा १५ दिन अघिबार्टै लकडाउन खुकुलो बनाइएको छ ।

जुन ८ बाट भारतको केन्द्रीय सरकारले धार्मिकस्थल, सपिङ मल, तथा ठूला मलहरु समेत खोल्ने निर्णय गरेको थियो । साथै धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, हस्पिटालिटी क्षेत्र समेत खुल्न सुरु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतले हालको लागि विद्यालय र कलेजहरु भने बन्द गर्ने भएको छ । दार्जिलिङको खरसाङमा ५ र कालेबुङमा २ गरी कुल ७ जना कोरोना संक्रमित रहेको पुष्टि भएको छ ।खरसाङमा कोरोना संक्रमितमध्ये दुई महिला र तीनजना पुरुष छन् ।

दार्जिलिङका जिल्लापाल एस. पन्नामबालमले खरसाङ महकुमा क्षेत्रका ५ जना कोरोना संक्रमित बनेको पुष्टि गरेका छन्। जिल्लापालका अनुसार पाँचैजना बाहिरबाट खरसाङ फर्केका हुन्। तीनजना दिल्लीबाट फर्केका हुन् भने दुईजनाको यात्रा वृतान्तबारे निश्चित जानकारी पाइएको छैन। 

कोरोना संक्रमित पाँचजनामध्ये चारजनाको उमेर ३० या योभन्दा कम छ। यससँगै पछिल्ला केही दिनयता दार्जिलिङमा कोरोना संक्रमण बढ़ेको छ। हिजै मात्र दार्जिलिङको सोनादा क्षेत्रका एकै परिवारका पाँचजनामा कोरोना संक्रमण पाइएको थियो ।

अर्कोतिर दार्जिलिङको कालेबुङ जिल्लामा पनि दुईजना कोरोना संक्रमित रहेको पुष्टि भएको छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता