Thursday, 13th August, 2020

अलैंचीको उत्पादन र मुल्य दुबैमा ह्रास

काठमाडौं । विश्व बजारमा डलरको भाउ बढ्दा अलैंचीको पनि बढ्थ्यो । तर यसपटक भाउ बढेको छैन। उत्पादन परिमाण पनि घट्दो छ । कुनै बेला किसानले एक लाख रूपैयाँ प्रतिमन (४०केजी) बिक्री भएको अलैंचीको मूल्य निरन्तर ओरालो लागेको छ। पाँच वर्षअघि प्रतिमन एक लाख ३० हजारका दरले बिक्री भएको अलैंची निरन्तर ओरालो लाग्दै हाल २० हजारमा आइपुगेको हो। 

देशमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्ला इलाम हो। तर यहाँ जति अलैंची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित छन्। नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने अलैंची थियो। निरन्तर भाउ घट्दा यसको खेती गरिरहेका किसानमा निराशा छ। अलैंचीको उत्पादन शुरु हुनै लाग्दा किसानमा कोरोनाका बजार नपाइएला भन्ने अर्को चिन्ता छ।

खोला, खोल्साका भीरपाखामा उत्पादन हुने अलैंचीलाई सजिलो खेतीका रुपमा लिइन्छ। तर पहिले पहिले बढी मूल्यमा बिकेको कृषि उपजको भाउ निरन्तर ओरालो लागेपछि किसान चिन्तित भएको इलाम सन्दकपुरका किसान कोषराज खतिवडाले बताए। विश्व बजारमा सुनको भाउ बढ्दा अलैंचीको भाउ पनि बढ्ने गरेको थियो । हाल २० देखि २२ हजारसम्म प्रतिमन अलैंची किनबेच हुने गरेको व्यापारीको भनाइ छ।    

साउन अन्तिमदेखि अलैंचीको याम शुरु हुन्छ। तल्लो अर्थात् औल क्षेत्रमा साउन अन्तिममा नै अलैंची पाक्छ भने जिल्लाको माथिलो भेगमा कात्तिक अन्तिम सम्ममा मात्र अलैंची टिप्ने गरिन्छ। पछिल्लो समय किसानले अन्नबाली नै मासेर अलैंची लाएका छन्। निरन्तर भाउमा गिरावट आएपछि चिन्ता छाएको माईजोगमाई गाउँपालिकाका हरि पोखरेलले बताए। भाउमा एकरुपता रहे खासै गाह्रो नभएपछि बर्सेनि ओरालो लागेको छ।   

भाउ घट्ने गरेकाले किसानमात्र हैन व्यापारीसमेत चिन्तित हुने गरेका छन्। किसानले पाँच वर्षअघि सलकपुरे, भार्लाङलगायत जातका अलैंची टाढा टाढाबाट खरिद गरिल्याएका थिए। प्रतिसरा १० देखि १५ का रूपैयाँदरले किनेर रोपेको अलैंची केही मरिसकेको छ भने केही बाँकी रहे पनि उत्पादन दिन छाडेको किसानको भनाइ छ।

वर्षभरि घरखर्च चलाउने, छोराछोरीलाई निजी विद्यालयमा पढाउन पनि एक मन अलैंचीले नै पुग्ने गरेको भए पनि हाल ६ मन बेच्दा पनि ६ वर्ष अघिको एक मन अलैंचीको दाम नभेटिने किसानको भनाइ छ। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता