Wednesday, 30th September, 2020

प्रधानमन्त्री ओली, प्रचण्ड र खनालबिच बालुवाटारमा वार्ता

काठमाडौं  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको टकराब बढ्दै जाँदा पार्टी दिशाहिन बनिरहेको छ । अझ सार्वजनिक कार्यक्रममा एकले अर्को अध्यक्ष लक्षित निर्मम अभिव्यक्ति दिन थालेपछि पछिल्लो तीन सातादेखि दुई अध्यक्षबिचको दूरी बढीरहेको छ ।

यसैबीच करिब एक हप्ता लामो सम्बादहिनतालाई तोड्दै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबिच बालुवाटारमा छलफल शुरु भएको छ । आजको छलफलमा सचिवालय सदस्य झलनाथ खनाल साक्षी छन् ।

यसअघि प्रचण्डले माधव कुमार नेपाललाई बैठकमा साथै लगेपनि खनाल भने उपस्थित थिएनन् । पछिल्लो समय ओलीको एकलौटी निर्णय गर्ने प्रवृत्ति बढेसँगै पूर्व एमालेका नेताहरु पनि खुलेरै ओलीको विरोध गर्ने र प्रचण्ड समूहमा मिल्ने गरेका छन् ।

गत असार १० गतेदेखि सुरु भएको पार्टीको ५ औँ स्थायी कमिटी बैठक विभिन्न ७ एजेण्डा तय गरेतापनि तेस्रो दिनदेखीको कलहका कारण लफडामा फसेको थियो । यसअघि साउन १३ गते बसेको स्थायी कमिटीको बैठकले प्रचण्डलाई प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीको विवाद हल गर्ने जिम्मेवारी सुम्पेका थिए ।

प्रचण्डले ओलीसँग प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट राजीनामा मागेका छन् ।सचिवालयमा पनि बहुमत सदस्यले राजिनामा मागेका छन् । स्थायी कमिटीमा पनि ओलीको कार्यशैली चित्त नबुझेको भन्दै विरोध आएको छ ।

अध्यक्ष अ‍ोली भने कुनै पनि हालतमा दुवै पदबाट राजीनामा नदिने बरु ‘अर्ली’ महाधिवेशन गर्ने र महाधिवेशनबाट नेतृत्व चयन गर्ने प्रस्तावमा अडीग छन् । साउन १३ बस्ने भनिएको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपनि पूर्वनिर्धिरित योजनामुताविक प्रचण्डले सोही दिन आफ्नो अध्यक्षतामा बैठक बसाएर २९ जना स्थायी कमिटी सदस्यसँग कुराकानी गरेका थिए ।

तर सोही दिन पार्टीका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव सार्वजनिक गरे। सो प्रस्ताव दुवै अध्यक्षलाई सम्बोधन गरी पेश गरिएतापनि प्रधानमन्त्री ओलीको पक्षमा रहेको र आफ्नै गुटमा रहेका गौतम ओलीतिर ढल्किएपछि प्रचण्ड ‘हच्कीएका’ थिए ।

पछि जब गौतम लगायत उनको गुटमा रहेका हरिबोल गजुरेल, रामबहादुर थापा, लेखराज भट्ट,मणि थापा लगायतका नेताहरु प्रचण्डको विपक्षमा बोल्न थाले त्यसपछि प्रचण्ड थप ‘रक्षात्मक’ बन्दै गएका छन् । आज खनालसहित ओली र प्रचण्डबीचको भेटवार्ताले कुनै निष्कर्ष निकाल्छ कि भन्ने अपेक्षा गरिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...