Wednesday, 30th September, 2020

अबको ४ दिनमा कोरोनाविरुद्धको भ्याक्सिन आउने

काठमाडौं । हालसम्म कुनै औषधि तथा खोपको विकास नभइसकेको कोरोनाभाइरसको खोप (भ्याक्सिन) सार्वजनिकको तयारी भएको छ । रुसको मस्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको भ्याक्सिनले बुधबार अर्थात अबको ४ दिनपछि स्वीकृति पाउने बताइएको हो । 

रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइने बताए । गत साता स्वास्थ मन्त्री मिखाइल मुरास्र्काेले अक्टुुबरदेखि देशव्यापी सामुहिक भ्याक्सिन कार्यक्रम सुरु गर्ने योजना बनाइएको बताएका थिए । मुरास्र्कोले यसका लागि सबै खर्च सरकारले व्यहार्ने पनि जानकारी गराएका थिए ।

रुसले तिव्र गतिमा भ्याक्सिन निर्माण गर्न सफल हुँदा पश्चिमा देशका केही व्यक्तिहरुको आँखीभैं ठाडो भएको रुसी सञ्चारमाध्यम आरटीमा प्रकाशित समाचारमा उल्लेख छ । विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित शीर्ष ४ देशमध्ये रुस एक हो । ९ लाख नजिक संक्रमित छन् ।

एडेनोभाइरस नामक कमन कोल्डमा आधारित रहेर रुसले भ्याक्सिन विकास गरेको हो । भ्याक्सिनको अध्ययनका लागि लगानी गरेको रुसको सोभर्जियन वेल्थ फन्डका प्रमुख किरिल डिमिट्रिइभले गत साता भ्याक्सिन निर्माणको प्रक्रियालाई अन्तरिक्ष यान बनाउने प्रतिस्पर्धासँग जोडेका थिए । रुसले भ्याक्सिनको विकास गरेको बताइरहँदा कतिपय पश्चिमा देशले भने यसको वैधतापनि प्रश्न उठाउँदै आएका छन् । RT.COM


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...