Saturday, 26th September, 2020

कोरोना भाइरसबारे भ्रम फैलाउने सुवास लिम्बू पक्राउ

काठमाडौँ । काेराेना भाइरसका कारण ज्यान गुमाएका मानिसकाे मृगाैला लगायत अन्य अंक झिकिन्छ भन्दै भ्रम फैलाउने एकजनालाइ प्रहरीले पक्राउ गरेकाे छ । प्रकाउ पर्नेमा सुवास सुब्बा लिम्बू रहेकाे प्रहरीले जनाएकाे छ । उनी आफूलाई आयुर्वेदिक चिकित्सक रहेकाे दाबी गर्दै विभिन्न व्यक्तिलाइ ठग्ने गरेकाे समेत खुलेकाे छ ।

लिम्बूले युट्युब च्यानलहरूमा कोरोना भाइरसबाट मरेका मान्छेकाे मृगाैला झिक्ने गरिन्छ भन्दै अफवाह फैलाएकाे आरोपमा महानगरीय प्रहरीअन्तरगत अपराध महाशाखाकाे टाेलीले पक्राउ गरेकाे हाे । महाशाखाका अनुसार उनले ललितपुरको दाेलाहिटी अन्तिम विकल्प नामक निजी क्लिनिक चलाउँदै एका थिए । क्लिनिकबाटै लिम्बूलाइ साेमबार पक्राउ गरिएको हाे । 

आयुर्वेदिक चिकित्साबाट क्यान्सर, एड्सजस्ता राेग मात्र नभएर काेराेना समेत निकाे पार्ने भन्दै लिम्बूले मानिसहरूमा भ्रम फैलाउने र ठग्ने काम गर्दै एकाे प्रहरीकाे भनाइ छ । पछिल्लाे समय नउले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी लगायत माथि मृतककाे अंग झिक्ने गरेकाे भन्नेजस्ता गम्भीर आरोप लगाउँदै आएका थिए ।

पक्राउ परेका लिम्बूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएकाे महाशाखाले जनाएकाे छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...