Wednesday, 30th September, 2020

पूर्व सभामुख महरा भेट्न उर्जा मन्त्री पुन रोल्पामा

काठमाडौं  रोल्पास्थित आफ्नै घरमा बसेका पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट्न उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन पुगेका छन् । पछिल्लो समय रोल्पा नगरपालिकाको मेवाङमा बस्दै आएका महरालाई भेट्न पुन बिहान ८ बजे पुगेको महराका छोरा राहुल महराले बताए । 

‘उर्जा मन्त्रीज्यू कार्यक्रमको सिलसिलामा रोल्पा आउनुभएको रहेछ। त्यही अवसरमा बुबालाई भेट्न आउनुभएको हो’, राहुलले भने, ‘बिहान एक घण्टा जति चिया बिस्कुट खाएर छुट्टिनु भएको हो ।’

पार्टीमा उच्च तहको सम्बन्ध भए पनि महरा र पुनबीच गुरु चेलाको सम्बन्ध पनि छ। दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र जिल्लाको वस्तुस्थितिका विषयमा कुराकानी भएको राहुलले बताए ।

‘त्यस्तो कुनै विशेष राजनीतिक विषयमा कुराकानी भएको होइन। सुखदुःखका कुरा हुने क्रममा राजनीतिक व्यक्तिको राजनीतिक कुरा भएका हुन्’ राहुलले भने, ‘रोल्पाको विकास निर्माण र राष्ट्रिय राजनीतिक विषयमा सामान्य कुरा भए।’  

महरालाई यौनदुराचारको आरोप लागेपछि आफ्नो पुर्ख्यौली घर रोल्पामा बस्दै आएका छन्। सो आरोपबाट भने उनले सफाइ पाइसकेका छन् । पछिल्लो समय महरा परिवार सहित आफ्नै रोल्पास्थित बस्दै आएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...