Sunday, 25th October, 2020

संक्रमितलाई परीक्षा दिने व्यवस्था मिलाउन सर्वाेच्चको आदेश

काठमाडौं । लोक सेवा आयोगको प्रतिस्पर्धामा सहभागी हुन आवेदन भरेका कोरोना भाइरस संक्रमित व्यक्तिले समेत परीक्षा दिने व्यवस्था मिलाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७ जारी गर्दै बुँदा नम्बर ८(१) मा कोरोना संक्रमितले परीक्षा दिन नपाउने व्यवस्था गरेको थियो ।

त्यसविरुद्ध सर्वाेच्चमा परेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपनाप्रधान मल्लको एकल इजलासले बुँदा नम्बर ८(१) लाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । मानवअधिकार रक्षक सञ्जालसँग आवद्ध शैलेन्द्रप्रसाद अम्बेडकर समेतले लोक सेवा आयोगविरुद्ध सर्वाेच्चमा रिट दिएका थिए ।

सर्वाेच्चले कोरोना संक्रमितलाई आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षामा सहभागी गराउन र संक्रमित नभएका व्यक्ति समेत संक्रमित हुने खतरालाई समेत ख्याल गर्न आदेश दिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


काठमाडौं । आज फूलपातीको दिन पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना...


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु...


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई महामारीको रुपमा लिएको ६ महिना...


काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...