Monday, 30th November, 2020

रुस–चीन सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुस र चीनबीचको सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुने बताएका छन् । विश्वका दुई शक्तिशाली राष्ट्रबीचको गठबन्धनले आफूहरु मुख्य–मुख्य क्षेत्रमा अमेरिकी सेना र तिनका गठबन्धनभन्दा निकै शक्तिशाली हुने पुटिनको भनाइ छ।

अमेरिका र चीनबीच चर्को विवाद भइरहँदा बिहीबार पुटिनले चीनसँग सैन्य गठबन्धनको सम्भावना भएको बताएका हुन् । पुटिनले रुस शक्तिशाली राष्ट्र भएकाले कुनै गठबन्धनको आवश्यकता नभएकोमा जोड दिँदै उनले भविष्यमा गठबन्धनको सम्भावना भने रहेको बताए ।

रुस र चीनले दुई देशबीचको रणनीतिक साझेदारीलाई स्वागत गरेका छन्। यी दुईदेशबीच लगातार सहकार्यहरु हुँदै आएका छन् । ग्लोबल पावर इन्डेक्सका अनुसार रुस र चीन सैन्य शक्तिको आधारमा अमेरिकापछिकै शक्तिशाली राष्ट्र हुन् ।

चीनमा पुरा ३० लाख ८३ सय सेना छन् भने रुसमा १४ लाख सेना छन्। यस्तै अमेरिकामा पुरा सेना १८ लाख ४७ हजार छन् । यी सबै राष्ट्र परमाणु सम्पन्न राष्ट्र हुन्। चीन र रुसले लगातार संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन् ।

पछिल्लो सयम अमेरिका र चीनबीच विभिन्न विषयमा विवाद भइरहँदा पुटिनले चीनसँग सैन्य गठबन्धनको सम्भावना भएको जनाएका हुन् । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...