Monday, 30th November, 2020

अफगानिस्तानमा आत्मघाती आक्रमण हुँदा १८ जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको एक शैक्षिक संस्थाको भवनमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आक्रमणमा धेरै जना घाइते भएका छन् भने मर्नेको संख्या अझैँ बढ्ने आशंका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

यो आक्रमण एक निजी शैक्षिक संस्थाको भवनमा भएको हो, जसले उच्च शिक्षाको कयौँ कोर्श गराउँदै आएको छ । शिया मुसलमानको बहुल क्षेत्र दश्त–ए–बार्ची भन्ने स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको हो । जहाँ सयौँ मानिसहरु हुन्छन् ।

इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै आक्रमणको जिम्मा लिएको छ तर कुनै प्रमाण भने पेश नगरेको जनाइएको छ ।

गृहमन्त्रालयका प्रवक्ता तारिक एरियनले विज्ञप्ति जारी गर्दै भने, एक आत्मघाती व्यक्ति भवनको भित्र जाने कोसिस गरेका थिए । सुरक्षाकर्मीहरुले उसलाई चिनेर रोके । त्यसपछि त्यो व्यक्तिले भवनको ढोकामै विष्फोट गराएको थियो ।

हालैका दिनहरुमा अफगानिस्तानमा हिंसा बढेको छ । अधिकांश आक्रमण तालिबान समूहले गरेको छ । एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...