Wednesday, 2nd December, 2020

कांग्रेस सभापतिद्वारा शीर्ष नेताहरुको बैठक आव्हान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक डाकेका छन्। २१ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्न सोमबार बैठक बोलाइएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

यसअघि १७ असोजमा शीर्ष नेताहरु बैठक बसेको थियो। कांग्रेसका केही केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण भएपछि यसअघि १९ असोजमा बोलाइएको केन्द्रीय कार्यसमिति स्थगित गरिएको थियो। 

शीर्ष नेताको बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीहरुसँग पनि छलफल हुने बताइएको छ । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापतिबाट भएका विभाग गठनलगायतका विषयमा असन्तुष्टि जनाउँदै अघि सारेको मागबारे १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।

त्यसलगत्तै राखिएको केन्द्रीय समिति बैठक भने केही सदस्यलाई कोरोना देखिएपछि स्थगित भयो। बैठकमा कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएकाले त्यसको तयारी वा कोरोना महामारीले पार्ने असर लगायतकाक विषयमा छलफल हुने संभावना छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...