Wednesday, 2nd December, 2020

लकडाउनपछि पेरिस छाड्नेहरुको ७०० किमि जाम

काठमाडौं । फ्रान्समा राष्ट्रब्यापी लकडाउन लागू हुन केही समयअघि मात्र राजधानी पेरिस छाड्नेहरुको लर्को लागेको छ । बिहीबार साँझ कारहरुको ७ सय किलोमिटर लामो ट्राफिक देखिएको स्थानीय मिडियाहरुले रिपोर्ट प्रकाशित गरेका छन् ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि शुक्रबार मध्यरातदेखि फ्रान्समा लकडाउन लागू भएको छ । नयाँ प्रतिबन्धअनुसार मानिसहरुलाई घरमा अत्वाश्यक काम र स्वास्थ्य कारणबाहेक घरमा नै बस्न भनिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले कोरोनाभाइरसको दोस्रो लहरले पहिलो लहरको तुलनामा पूरै देशलाई प्रभावित पार्ने खतरा रहेको बताएका छन् । अप्रिल यता फ्रान्समा कोरोनाभाइरसको कारण मर्नेको संख्या सबैभन्दा उच्च रहेको छ । बिहीबार थप ४७ हजार ६३७ संक्रमित थपिँदा २५० जनाले ज्यान गुमाएका छन् । 

फ्रेन्च मिडियाका अनुसार पेरिसका बासिन्दाहरु ग्रामिण क्षेत्रमा लकडाउन बिताउनका लागि सहर छाडेका छन् । गत मार्चमा पहिलो पटक लकडाउन लागू गर्दा पनि यस्तै दृश्य देखिएको थियो ।

केही क्षेत्रहरुका बासिन्दा त पेरिसबासीहरुसँग क्रुद्ध नै देखिएका थिए । ‘हामी सबैलाई घरमा बस्न भनिरहेका छौँ । तर, पेरिसबाट ४ हजार जना तपाईंको ठाउँ आउँदैछन् र त्यसमध्ये एक तिहाई थाहै नभइ संक्रमित छन् भने उनीहरुले संक्रमणलाई थप फैलाउने खतरा हुन्छ,’ स्थानीय पत्रिकामा एक जनाले विचार प्रस्तुत गरेका छन् ।

पहिलो लकडाउनका दौरान संक्रमणबाट पेरिस र उत्तर पूर्वीभाग बढी प्रभावित भएका थिए । तर, यसपटक देशका सबै भागमा संक्रमण फैलिएको छ । बीबीसी

 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...