Thursday, 24th June, 2021

नेप्से उच्च विन्दुमा पुग्दा १७ अर्ब नाघ्यो कारोबार

काठमाडौं । सेयरबजार केही दिनयता लगातार उर्लिंदै गएको छ । सूचक र कारोबार रकम दुवै उच्च विन्दुमा लागेका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५०.१३ अंकले नेप्से बढेर २९०६.८९ विन्दुमा पुगेको छ। सेन्सिटिभ सूचक पनि आज ७.८८ अंकले बढेको छ।

आजको कारोबारमा २ सय १८ कम्पनी सामेल भएका छन्। दिनभरिमा एक लाख ७१ हजार ६० पटक खरिदबिक्री हुँदा आइतबार १७ अर्ब २७ करोड १७ लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

कुल ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता सेयर बिक्रीमा उक्त रकमको कारोबार भएको हो। यद्यपि आज १३ मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, अन्य, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र लगानी समूहको सूचक मात्रै हरियो रहेका छन्।

आज महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक आम्दानी गरेका छन्। संस्थाको सेयर प्रतिकित्ता ४ सय ७५ रुपैयाँले बढेपछि लगानीकर्तालाई फाइदा पुगेको हो। त्यस्तै, गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले पनि आज ४७ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।

यसबाहेक लुम्बिनी विकास बैंकका लगानीकर्ताले ४९ रुपैयाँ, रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३९ रुपैयाँ र नेपाल बंगलादेश बैंककमा लगानीकर्ताले ३६ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...