Monday, 20th September, 2021

३,४७९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६,६३६ जना मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार २४ जना तथा ३ हजार २ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्ले २४ घण्टामा थप ६ हजार ६ सय ३६ जना कोरोना संकम्रण मुक्त भएका छन् । पछिल्ले २४ घण्टामा कोरोनाबाट थप ९९ जनाको मृत्यु भएको छ । यता खोपको प्रतिक्षा गरिरहेका कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउन केही समय प्रतिक्षा गर्नुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले एक विज्ञप्ति जारी गर्दै खोपको दोस्रो मात्रा तत्काल उपलब्ध गराउन नसक्ने जनाएको छ । २०७७ फागुन २३ देखि चैत १० गतेसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा लगाउने समय भइसके पनि खोप नभएकाले प्रतिक्षा गर्न महाशाखाले भनेको छ।

सिरम इन्सिच्युट अफ इन्डियासँग अग्रीम भुक्तानी भइसकेको र कोभ्याक्स सुविधाबाट प्राप्त निर्णयसहितको भरपर्दो पत्रको आधारमा दोस्रो मात्राको सुनिश्चितता गरिए पनि भारत सरकारको खोप निर्यात सम्बन्धी निर्णयका कारण सिरमबाट खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएको महाशाखले जनाएको छ।

उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्रजेनिका खोप नेपाललाई प्राप्त भएपछि १२ हप्ता पछि पनि सो खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने महाशाखाले जनाएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...