Monday, 20th September, 2021

असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग वैकल्पिक विधि प्रयोग गरेर असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको बताउनु भयो ।

शैक्षिक सत्र संचालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । विद्यार्थीको सिकाइलाई रोक्न नहुने भएकाले भौतिक रुपमा पठनपाठन गर्न सम्भव नभए पनि वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन शैक्षिक सत्र शुरु गर्न लागिएको सरकारको भनाइ छ ।

विद्यार्थीको परीक्षा मुल्यांकन गर्ने विभिन्न विधिबारे स्थानीय सरकार र विद्यालय स्वयमले निर्णय गर्न सक्ने मन्त्रालयले स्पष्ट पारेको छ । पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरी व्यवस्था मिलाउने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनु भयो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...