Saturday, 26th September, 2020

गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपा सचिवालयको निर्णय

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिकहाँ सिफारिस गरिने जानकारी गराएको पुष्टि गरे ।

बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय भएको हो । सचिवालय बैठकले अर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको हो ।

अर्थमन्त्री खतिवडाको राष्ट्रियसभाको पदावधि २० गतेबाट सकिँदैछ । राष्ट्रियसभाको पदावधि सकिएसँगै खतिवडाको मन्त्री पद पनि स्वतः सकिएको छ । बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको प्रवक्त्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...