Saturday, 26th September, 2020

सरकार उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारीमा

काठमाडौं  उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञाको विकल्पबारे प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । निषेधाज्ञा खुकुलो बनाउने या नबनाउने विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको छलफल चलिरहेको छ । पछिल्लो समय कोरोना संक्रमणको दर बढेकाले उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो।

तर कोरोना संक्रमण घट्नुको साटो झन् झन् बढिरहेको छ भने श्रमजीवी र मजदुरहरुको दैनिक कष्टकर भएको छ । निषेधाज्ञाले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको अवस्थामा सरकारको आलोचना हुन थालेपछि तीनै जिल्लाका प्रजिअहरुले मोडालिटी परिवर्तन गर्ने बताएका छन् । 'उपत्यकामा जारी निषेधाज्ञाको विषयमा छलफल चलिरहेको छ', ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायण प्रसाद भट्टले भने, 'अहिले विभिन्‍न तहका व्यक्तिहरुसँग छलफल भइरहेकाले निचोडमा पुगिसकेका छैनौं ।'

निश्‍चित मापदण्ड अपनाएर खुला गरौँ भन्‍ने माग आइरहेकाले त्यसलाई आफूहरुले गम्भीर रुपमा लिएको उनले बताएका छन् । 'निषेधाज्ञाको विषयमा सबैको राय लिएर निर्णय लिइन्छ। अहिले यस्तै हुन्छ भनेर भन्‍न सकिन्‍नँ । यस विषयमा भोलि निर्णय हुन्छ,' उनले भने, 'चौथो चरणको निषेधाज्ञामा केही सहज हुन सक्नेगरी निर्णय गर्न सकिन्छ । सबै क्षेत्र खुला गर्न सकिन्‍नँ ।'

उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएकोले भदौ ३ गतेको निर्णयबाट निषेधाज्ञा गरिएको थियो । कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ । दबाब बढ्दो तर पछिल्लो समयको निषेधाज्ञाले नागरिकको दैनिकी कष्टकर बनेपछि सरकारमाथि विकल्प खोज्‍न दबाब बढेको छ ।

निजी क्षेत्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तत्कालै विकल्प खोजेर खुला गर्न आग्रह गरेका थिए। निजी क्षेत्रका केही व्यवसायीले अब थेग्‍न नसकिने बताउँदै यही भदौ २५ गतेबाट व्यवसाय खोल्ने घोषणा नै गरिसकेका छन्। यस्तो अवस्थामा सरकारमाथि निषेधाज्ञा खुकुलो बनाउने दबाब बढ्दै जाँदा प्रजिअहरु छलफलमा जुटेका हुन्।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...