Sunday, 25th October, 2020

१३ अंकले नेप्से घट्दा दुई अर्बमाथिको कारोबार

काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सूचकांक १३ दशमलब ३७ अंकले घटेको छ । आइतबार कारोबार दई अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको भएको छ । 

आइतबार अधिकांश जलविद्युत कम्पनीको करोबार बढी भएपनि मूल्य भने अधिकांश कम्पनीको घटेको छ । गत साता नेप्से परिसूचक साढे १८ अंक बढेर बन्द भयो। अघिल्लो साता १५७१.०४ विन्दुमा रहेको नेप्से गत साता १५८९.६३ विन्दुमा बन्द भएको थियो। 

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी अघिल्लो साताको जत्तिकै देखिएको छ। यसलाई हेर्दा बजारमा गत साता खरिदचाप अझै बलियो रहेको संकेत गर्दछ। यद्यपि, प्राविधिक विश्लेषणको अर्को उपकरणमा गत साताको अन्तिम कारोबार दिनहरुमा खरिदचाप केही कमजोर देखिएको छ।

त्यसैगरी, गत साताको अन्तिम दुई कारोबार दिनले बियरिश इन्गल्फिङ्ग प्याटर्न बनाएको छ। यसले यस साताका केही कारोबार दिनहरुमा बिक्रीकर्ता हाबी हुनसक्ने संकेत गर्दछ।

गत साता १५८९.६४ विन्दुमा बन्द भएको नेप्से यस साता उकालो लागेमा १६४० मा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, यस साता बजार ओरालो लागेमा भने १५२० विन्दुमा टेवा पाउने देखिन्छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । आज फूलपातीको दिन पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना...


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु...


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई महामारीको रुपमा लिएको ६ महिना...


काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...