Sunday, 25th October, 2020

शिक्षामन्त्री पोखरेल र पूर्वमन्त्री थापालाई कोरोना

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ संक्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षति रहन अनुरोध गरेका छन् । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई पनि संक्रमण देखिएको थियो । 

यसैगरी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनिलबहादुर थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विगत केहीदिन देखि ज्वरो आएपछि उनले कोरोना परीक्षण गराएका थिए ।

पूर्वमन्त्री थापालाई निमोनिया भएको बताइएको छ । उनको स्वास्थ्य जटिल बनेपछि ह्याम्स अस्पताल भर्ना गरिएको छ । थापासहित उनकी पत्नी र चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय थापा पार्टी कार्यक्रममा सक्रिय हुँदै आएका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


काठमाडौं । आज फूलपातीको दिन पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना...


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु...


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई महामारीको रुपमा लिएको ६ महिना...


काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...