Monday, 30th November, 2020

नेकपा सचिवालय बैठक शनिबार बोलाउने तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद फेरि उत्कर्षमा पुग्न थालेसँगै भोलि सचिवालय बैठक बोलाउने तयारी गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै परामर्श गरेपछि महासचिव विष्णु पौडेलले शनिबार सचिवालय बैठक बोलाउने तयारी गरेका हुन् ।

प्रचण्डले अहिले देखिएका विवाद बैठकबाट समाधान गर्नुपर्ने बताएका छन् भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पहिले अध्यक्षद्वयबीच छलफल हुनुपर्ने पक्षमा छन् । तर, विवाद थप बढ्न थाल्ने अवस्था आएपछि बैठकमार्फत निकास खोज्न ओली सहमत भएका छन् । बैठक बोलाउन सहमत भए पनि ओलीले मितिमा सहमति जनाउन बाँकी छ ।

महासचिव पौडेलले ओलीसँग थप परामर्श गरेर भोलिको कुनै समय बैठक बोलाउने एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए । मन्त्रिपरिषद् हेरफेर र बिस्तार, राजदूत नियुक्ति, कर्णाली प्रकरण र पछिल्लो समय रअ प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ताका विषयमा विवाद बढेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...