Monday, 20th September, 2021

सत्ता पक्षको विरोधपछि संसद विघटन विरुद्धको मुद्दा हेर्दा हेर्दैमा

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा गठित संवैधानिक इजलासले आइतवारको सुनुवाइपछि मुद्दा सोमवारका लागि हेर्दाहेर्दैमा राखेको हो । 

आइतवारको सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले इजलासमा रहेका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासमा रहन हुने कि नहुने भन्ने विषयमा बहस गरेका थिए ।

बहसमा महान्यायाधिवक्ता रमेश बडाल, सरकारी वकिल र प्रधानमन्त्री ओली तर्फका कानुन व्यवसायीले न्यायाधीशद्वय कार्की र भट्टराईले इजलास छोड्नुपर्ने बताएका थिए । त्यसपछि प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च गएका शेरबहादुर देउवासहित १ सय ४६ सांसदलगायतका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले भने वरिष्ठताका आधारमा इजलास गठन गरिएकाले अब इजलासबारे नभई रिट निवेदनमाथि बहस हुनुपर्ने माग गरेका थिए ।

पूर्व महान्याधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानमन्त्री ओलीको तर्फबाट बहस गर्नेले कुन न्यायाधीश संवैधानिक इजलासमा रहने र को बाहिरिने भन्ने विषयमा न्यायालयको हुर्मत लिने काम गरेको भन्दै आपत्ति जनाएका थिए ।त्यसैगरी वरिष्ठ अधिवक्ता टिकाराम भट्टराइले सरकारी पक्षबाट न्यायापालिकामाथि निर्लज्ज प्रहार भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको हो । आइतवार पनि मूल मुद्दामा प्रवेश नगरी बहस सकिएको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । तर सर्वाेच्चले गत फागुन ११ गते प्रतिनिधि सभा पुनर्स्थापना गरेको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...