Tuesday, 2nd June, 2020

खेती गर्नेलाई अनुदान, जग्गा बाँझो राखे कर वृद्धि

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकाले खेती गर्नेलाई अनुदान रकम दिने निर्णय गरेको छ । कोरोनाले खाद्य संकट हुन सक्ने भन्दै गाउँपालिकाले कृषिमा प्रोत्साहन गर्न अन्नबाली र फलफूल खेती गर्नेलाई अनुदान दिने निर्णय गरेको हो ।

अनुदान लिन चाहनेलाई १५ दिनभित्र वडा कार्यालयमा सम्पर्क राख्न गाउँपालिकाले आग्रह गरेको छ । बाँझो जग्गामा सुन्तला, कागतीलगायत फलफूल खेती गरेमा प्रतिरोपनी तीन हजार रूपैंयाका दरले अनुदान उपलब्ध गराउने गाउँपालिकाको निर्णयमा उल्लेख छ ।

बाँझो जग्गामा अन्नबाली, तरकारीबाली तथा मसलेदार खेती गरेमा प्रतिरोपनी चार हजार दरले अनुदान दिने गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । लकडाउनका बेला गाउँपालिकाको तर्फबाट खाद्यान्न पाएका विपन्न र मजदुरले बाँझो जमिन लिजमा लिएर वा आफ्नै स्वामित्वमा रहेको जग्गामा खेती गरे प्रतिरोपनी पाँच हजारका दरले अनुदान रकम दिइने उनले बताए ।

तर कसैले खेतीयोग्य जमिन बाँझो राखेको पाइए आगामी गाउँ सभाबाट पास हुने गरी भूमिकर वृद्धि गरिने पनि निर्णय भएको पोखरेलले बताए । अनुदान रकम लिन विगत २ वर्षदेखि खेतीयोग्य जमिन बाँझो रहेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता