Tuesday, 2nd June, 2020

बिरालोको बच्चा भनेर जङ्गलबाट ल्याएको जनावर चरीबाघ

काठमाडौं । स्याङ्जाको वालिङमा लोपोन्मुख चरी बाघको डमरु भेटिएको छ । डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले बिरो प्रजातिको चरी बाघको डमरुलाई वन कार्यालयको संरक्षणमा राखिएको जानकारी दिए ।

उनले भने, “६ दिन पहिले स्थानीय बालबालिकाले जङ्गलमा खेल्ने क्रममा बिरालोको बच्चा भनेर घरमा ल्याएर पालेको बिरालोको बच्चा जस्तो देखिने चरी बाघ भएकाले कार्यालयमा राखिएको छ । 

प्रमुख काफ्लेले भने, “अहिले साह्रै सानो छ सानोमै जङ्गलमा छाड्दा अन्य जनावरले खाने डरभएकाले अली ठूलो भएपछि सम्बन्धित ठाउँमा लगेर छाड्छौँ ।” लोपोन्मुख संरक्षित वन्यजन्तुका रुपमा रहेको चरी बाघको बच्चालाई वालिङ नगरपालिका–१ मा बालबालिकाले खेल्ने क्रममा फेला पारेका थिए ।

लकडाउनको समयमा फुर्सदमा रहेका बालबालिकाले जङ्गलमा खेल्ने क्रममा बिरालोको बच्चा जस्तै मानेर घर लगेका थिए । घरमा लगेर पालेको केही दिनपछि सो बच्चाले बिरालो नभई बाघको जस्तो व्यवहार देखाउन थालेपछि स्थानीयवासीले गण्डकी प्रदेश सभासदस्य एवं विधायन सभासमितिका सभापति मोहनप्रसाद रेग्मीलाई सम्पर्क गरेर वन कार्यालयमा बुझिदिन आग्रह गरेका थिए ।

उनले डिभिजन वन कार्यालय स्याङ्जामा सो कुराको जानकारी गराएपछि जङ्गलबाट बिरालो भनेर ल्याएर पालेको बच्चा चरी बाघको बच्चा भएको वन कार्यालयले पुष्टि गरेको थियो । डिभिजन वन कार्यालयले कास्की भिजन वन कार्यालयसँग समन्वय गरेर कास्कीस्थित पचभैवामा रहेको जनावर उद्धार केन्द्रमा छाड्ने तयारी भइरहेको कार्यालयले जनाएको छ । रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता