Friday, 1st July, 2022

पूर्वसभामुख महरा गृहजिल्ला रोल्पामा हलो जोत्दै

काठमाडौं । पूर्व सभामुख तथा नेकपाका नेता कृष्णबहादुर महरा हलो जोतेको अबस्थामा भेटिएका छन् । कोरोना संक्रमण नफैलियोस् भन्दै सरकारले लगाएको लकडाउनका बेला आप्नो पुर्खाैली घर रोल्पामा पुगेका महराले हलो जोतेको तस्बिर सार्वजनिक भएको हो ।

गृहजिल्ला पुगेर सामान्य व्यक्ति सरह उनले दैनिकी चलाइरहेका छन् । हाल उनी आफ्नै बारीमा हलो जोत्दै गरेको भेटिन्छन् । ‘राजनीति गरेदेखि सधै बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उनले भने, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्खाैली घर आएका छौं ।’

‘हामी जनताबाट चुनिएर गएका व्यक्तिहरु जनताभन्दा पटक्कै फरक होइनौं, जनताको जिवनशैली र हाम्रो जिवनशैलीमा फरक आउनुहुन्न भन्ने मेरो मान्यता हो,’ महराले भने, ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ, आवश्यक पर्दा नेताको भूमिकामा रहने फरक कुरा हो, तर हामी र जनताबीच फरक हुनुहुँदैन ।’

कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महराले नेपालले कृषि उत्पादनलाई बढाउनुपर्नेमा जोड दिए। ‘हामी कृषिमा आत्मनिर्भर हुनैपर्छ, नेपाललाई परनिर्भरमुखी अर्थतन्त्रबाट आत्मनिर्भर बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन हो' उनले भने । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...