Saturday, 15th August, 2020

काठमाडौंंमा तरकारीको भाउ तेब्बरसम्म बढ्यो

काठमाडौंं । गत महिनाको तुलनामा अहिले काठमाडौंंको थोक बजारमा नै तरकारीको मूल्य दोब्बरले बढेको छ । केही तरकारीमा त दोब्बरभन्दा पनि बढी छ । असार १ गते किलोको २५ देखि ३० रुपैयाँ रहेको गोलभेँडा अहिले ५५ देखि ६३ रुपैयाँ पुगेको छ । यस्तै किलोको ३२ देखि ३४ रुपैयाँ रहेको रातो आलु अहिले ६८ देखि ७० रुपैयाँ पुगेको छ ।

तने बोडी किलोको २० रुपैयाँबाट एक सय रुपैयाँ पुगेको छ भने सिमी ३० देखि ३५ रुपैयाँबाट किलोको ९५ देखि एक सय रुपैयाँ पुगेको थोक व्यापारी भगवान चन्द्र उप्रेतीले बताउनु भयो । यो भाउ खुद्रामा पुग्दा अझ महँगो हुन्छ । खुद्रा व्यापारीले ढुवानी, सटर भाडा, ज्यालालगायतलाई जोडेर थोक मूल्यमा किनेको भन्दा दोब्बर मूल्यमा तरकारी बेच्ने गरेका छन् । उपभोक्ताले तने बोडी किलोमा दुई सय रुपैयाँसम्म तिरेको बताएका छन् ।

लगातारको झरी र बाढी पहिरोका कारण तरकारी महँगियो

असार महिनामा सामान्य बढेको तरकारीको मूल्य साउन लागेपछि किनि नसक्नु भएको छ । काठमाण्डौ उपत्यकामा तरकारीको मूल्य अहिले दोब्बरदेखि तेब्बरसम्मले बढेको छ । को’रोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनमा १०/१५ रुपैयाँ किलोमा पनि नबिकेको तरकारी अहिले किलोको एक सय रुपैयाँ र योभन्दा माथिसम्म पुगेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

खुद्रा बजारमा अहिले एक सय रुपैयाँ भन्दा कममा तरकारी नै पाइँदैन । ‘थोक बजारमा नै तरकारी महँगो छ, खुद्राको त कुरै भएन’, कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले भन्नुभयो । लक डाउनका बेला धेरैले उपत्यका छोडेका, होटल, खाजा घर, रेस्टुरेन्ट बन्द रहेका लगायतका कारणले उपत्यकामा तरकारीको खासै माग थिएन ।

कोरोनाको जोखिमको सुरुका दिनमा धेरै घरबाहिर ननिसक्दा पनि तरकारीको माग घटेको थियो। जब लकडाउन खुकुलो हुँदै गयो, गाउँ घरबाट उपत्यका आउनेहरु पनि बढे। होटल, रेस्टुरेन्ट पनि खुल्न थाले, कार्यालयहरु खुले । मानिसहरु घरबाट बाहिर निस्कन थाले । यसले तरकारीको माग बढायो । तर बाढी पहिरो र लगातारको झरीले तरकारी बालीमा नोक्सानी पुग्दा मागअनुसार आयात भएन ।

केही ठाउँमा बाढी पहिरोले सडक भत्काउँदा तरकारीको ढुवानी रोकियो । परिणाम मूल्य तेब्बरसम्म बढ्यो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार अहिले दैनिक ६/७ सय मेट्रिक टन तरकारीको माग छ ।

तर आयात ४/४ सयमात्र छ।यी तरकारी कालीमाटी थोक बजारबाट झिसमिसे उज्यालो हुँदा नहुँदै बिक्री भइ सक्छ । कालीमाटी थाेक बजारमा राति दुई/तीन बजेरितबाटै तरकारीको कारोबार सुरु हुन्छ । बिहान ६/७ बज्दा त सबै तरकारी सकिने श्रेष्ठले बताउनु भयो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता