अलैंचीको उत्पादन र मुल्य दुबैमा ह्रास

काठमाडौं । विश्व बजारमा डलरको भाउ बढ्दा अलैंचीको पनि बढ्थ्यो । तर यसपटक भाउ बढेको छैन। उत्पादन परिमाण पनि घट्दो छ । कुनै बेला किसानले एक लाख रूपैयाँ प्रतिमन (४०केजी) बिक्री भएको अलैंचीको मूल्य निरन्तर ओरालो लागेको छ। पाँच वर्षअघि प्रतिमन एक लाख ३० हजारका दरले बिक्री भएको अलैंची निरन्तर ओरालो लाग्दै हाल २० हजारमा आइपुगेको हो।
देशमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्ला इलाम हो। तर यहाँ जति अलैंची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित छन्। नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने अलैंची थियो। निरन्तर भाउ घट्दा यसको खेती गरिरहेका किसानमा निराशा छ। अलैंचीको उत्पादन शुरु हुनै लाग्दा किसानमा कोरोनाका बजार नपाइएला भन्ने अर्को चिन्ता छ।
खोला, खोल्साका भीरपाखामा उत्पादन हुने अलैंचीलाई सजिलो खेतीका रुपमा लिइन्छ। तर पहिले पहिले बढी मूल्यमा बिकेको कृषि उपजको भाउ निरन्तर ओरालो लागेपछि किसान चिन्तित भएको इलाम सन्दकपुरका किसान कोषराज खतिवडाले बताए। विश्व बजारमा सुनको भाउ बढ्दा अलैंचीको भाउ पनि बढ्ने गरेको थियो । हाल २० देखि २२ हजारसम्म प्रतिमन अलैंची किनबेच हुने गरेको व्यापारीको भनाइ छ।
साउन अन्तिमदेखि अलैंचीको याम शुरु हुन्छ। तल्लो अर्थात् औल क्षेत्रमा साउन अन्तिममा नै अलैंची पाक्छ भने जिल्लाको माथिलो भेगमा कात्तिक अन्तिम सम्ममा मात्र अलैंची टिप्ने गरिन्छ। पछिल्लो समय किसानले अन्नबाली नै मासेर अलैंची लाएका छन्। निरन्तर भाउमा गिरावट आएपछि चिन्ता छाएको माईजोगमाई गाउँपालिकाका हरि पोखरेलले बताए। भाउमा एकरुपता रहे खासै गाह्रो नभएपछि बर्सेनि ओरालो लागेको छ।
भाउ घट्ने गरेकाले किसानमात्र हैन व्यापारीसमेत चिन्तित हुने गरेका छन्। किसानले पाँच वर्षअघि सलकपुरे, भार्लाङलगायत जातका अलैंची टाढा टाढाबाट खरिद गरिल्याएका थिए। प्रतिसरा १० देखि १५ का रूपैयाँदरले किनेर रोपेको अलैंची केही मरिसकेको छ भने केही बाँकी रहे पनि उत्पादन दिन छाडेको किसानको भनाइ छ।
वर्षभरि घरखर्च चलाउने, छोराछोरीलाई निजी विद्यालयमा पढाउन पनि एक मन अलैंचीले नै पुग्ने गरेको भए पनि हाल ६ मन बेच्दा पनि ६ वर्ष अघिको एक मन अलैंचीको दाम नभेटिने किसानको भनाइ छ।

काठमाडौं । विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले सो ऋण...

काठमाडौं । थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित कृषक यतिबेला निराश भएका छन् । अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रासायनिक मल कारखाना स्थापना गर्ने तयारी गरेको छ । पछिल्लो समय रासायनिक मलको अभाव दिनहुँ बढ्न थालेपछि यसको दीर्घकालिन समाधानका लागि...

काठमाडाैं । चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन्...

काठमाडौं । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक रु ५० करोडसम्मको तरकारी फलाउन सकिने बताएका छन् । पोखरा...

काठमाडौंं । गत महिनाको तुलनामा अहिले काठमाडौंंको थोक बजारमा नै तरकारीको मूल्य दोब्बरले बढेको छ । केही तरकारीमा त दोब्बरभन्दा पनि बढी छ । असार १ गते किलोको २५ देखि ३० रुपैयाँ रहेको...

काठमाडौं । पूर्व सभामुख तथा नेकपाका नेता कृष्णबहादुर महरा हलो जोतेको अबस्थामा भेटिएका छन् । कोरोना संक्रमण नफैलियोस् भन्दै सरकारले लगाएको लकडाउनका बेला आप्नो पुर्खाैली घर...

काठमाडौं । कोरोना संक्रमणको बहानामा तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानूनबमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको संसदको कृषि सहकारी तथा...

काठमाडौं । पोखरा महानगरपालिका–१५ मा झण्डै चार ट्रकभन्दा बढी तरकारी खाल्डोमा हालेर पुरियो । सागसब्जी पुर्दा प्रहरी तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको समेत उपस्थिति थियो...

काठमाडौं । नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रमा परेको गम्भीर समस्यालाई समेटेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गरी राहत प्याकेज घोषणाको माग राखेको छ । राहतका लागि...

काठमाडौँ । देशभर किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गरिने भएको छ। सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरुसँग कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले आइतबार...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...