रासायनिक मल कारखाना खोल्ने तयारी गर्दै कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रासायनिक मल कारखाना स्थापना गर्ने तयारी गरेको छ । पछिल्लो समय रासायनिक मलको अभाव दिनहुँ बढ्न थालेपछि यसको दीर्घकालिन समाधानका लागि मन्त्रालयले यस्तो तयारी सुरु गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कारखाना स्थापनाका लागि गम्भीर छफफल थाल्नुभएकाे हाे ।
नेपालमा रासायनिक मल कारखानाको सम्भाव्यताबारे यस अघिका सरकार र लगानी बाेर्डलगायतका निकायहरुले गरेका अध्ययनलाई समेत मध्यनजर गर्दै किसानले बेहोर्दै आएको मलको अभावको दीर्घकालिन समाधान गर्ने हेतुले मन्त्रालयले मल कारखाना खोल्नेबारे गम्भीर तयारी गरिरहेको मन्त्रालयका उपसचिव डा. गंगादत्त आचार्यले जानकारी दिनुभयो ।
‘रासायनिक मल कारखाना स्थापना कसरी गर्ने भन्नेबारे मन्त्रालयले एक कार्यदल बनाउने तयारी गरिरहेको छ’ उहाँले भन्नुभयो, ‘मलको माग बढिरहेका बेला पुराना अध्ययनहरुको आधारमा यो समस्याको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे विज्ञहरु सम्मिलित एक कार्यदल बनाउनेबारे छलफल भइरहेको छ ।’
आचार्यका अनुसार यसरी गठन गरिने कार्यदल कृषि सचिवको नेतृत्वमा हुनसक्ने र त्यसमा मन्त्रालय तथा स्वतन्त्र विज्ञसमेतको सहभागिता हुन सक्नेछ । उहाँका अनुसार कार्यदल गठन गरेर अघि बढ्ने मन्त्रालयको निश्कर्ष भएपनि यसमा ठोस छलफल भने हुन बाँकी नै छ ।
रासायनिक मल कारखाना स्थापनाका लागि यस अघि भएका अध्ययनहरुले महोत्तरीको बर्दिबास र नवलपरासीको सुनवललगायतका केही स्थान उपयुक्त हुनसक्ने निश्कर्ष निकालेको पाइन्छ । तर बिजुलीको सहायतामा कारखाना सञ्चालन गर्दा निकै महँगो पर्ने देखिन्छ ।
यसका लागि प्राकृतिक ग्याँस सस्तो हुने भएपनि नेपालमा त्यो उपलब्ध नहुने भएकाले भारतबाट पाइपमा ग्याँस ल्याउनुपर्ने चुनौती छ । मन्त्रालयले किसानले भोगिरहनुपरेको मलको सधैंको अभावीलाई सधैंका लागि समाधान गर्न यस्तो काम गर्न थालेको डा. गंगादत्त आचार्यले प्रष्ट पार्नुभयो ।

म्याग्दी । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड-१९ को सङ्क्रमण फैलिन नदिन...

दार्चुला । दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको...

काठमाडौं । विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले सो ऋण...

काठमाडौं । थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित कृषक यतिबेला निराश भएका छन् । अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने...

काठमाडाैं । चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन्...

काठमाडौं । विश्व बजारमा डलरको भाउ बढ्दा अलैंचीको पनि बढ्थ्यो । तर यसपटक भाउ बढेको छैन। उत्पादन परिमाण पनि घट्दो छ । कुनै बेला किसानले एक लाख रूपैयाँ प्रतिमन (४०केजी) बिक्री भएको...

काठमाडौं । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक रु ५० करोडसम्मको तरकारी फलाउन सकिने बताएका छन् । पोखरा...

काठमाडौंं । गत महिनाको तुलनामा अहिले काठमाडौंंको थोक बजारमा नै तरकारीको मूल्य दोब्बरले बढेको छ । केही तरकारीमा त दोब्बरभन्दा पनि बढी छ । असार १ गते किलोको २५ देखि ३० रुपैयाँ रहेको...

काठमाडौं । पूर्व सभामुख तथा नेकपाका नेता कृष्णबहादुर महरा हलो जोतेको अबस्थामा भेटिएका छन् । कोरोना संक्रमण नफैलियोस् भन्दै सरकारले लगाएको लकडाउनका बेला आप्नो पुर्खाैली घर...

काठमाडौं । कोरोना संक्रमणको बहानामा तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानूनबमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको संसदको कृषि सहकारी तथा...

काठमाडौं । पोखरा महानगरपालिका–१५ मा झण्डै चार ट्रकभन्दा बढी तरकारी खाल्डोमा हालेर पुरियो । सागसब्जी पुर्दा प्रहरी तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको समेत उपस्थिति थियो...
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...