मूल्य कम र बजार अभाव हुँदा गोदाममै थन्कियो अलैँची

काठमाडौं । थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित कृषक यतिबेला निराश भएका छन् । अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने खेत मासेरसमेत अलैँची लगाएका थिए । बागलुङमा बाँझो भएर खेर गएको र भिरालो जमीनबाट अलैँची खेतीको विस्तार गरेका कृषकले सुरुमा भने जस्तो मूल्य पाउँदा खेतीयोग्य जमीनमा समेत अलैँची खेती विस्तार भइरहेको छ । अहिले अधिकांश किसानले गत वर्ष उत्पादितक अलैँचीसमेत बिक्री नहुँदा गोदाममै राखेका छन् ।
सात वर्षअघि ताराखोलाका शिक्षक इन्द्रबहादुर रोकाले आफ्नो चार रोपनी जग्गामा अलैँची खेती विस्तार गर्दा सुकेको अलैँची प्रतिकिलो रु दुई हजार पाँच सयमा घरबाटै बिक्री भइरहेको थियो । अलैँचीको मूल्य देखेर रोकाले धमाधम खेती विस्तार गरी २० रोपनी पु¥याएका छन् । अहिले भने उत्पादन भएका समयमा अलैँचीको मूल्य नपाउँदा रोका मात्रै हैन, अधिकांश किसान चिन्तित छन् ।
रोकाले पोहोर उत्पादन गरेको दुई क्विन्टल सुकेको अलैँची समेत गोदाममै छ । पोहोर अत्यधिक हिउँ परेका कारण अलैँची उत्पादनमा भारी गिरावट भए पनि अहिले राम्रो उत्पादन भएको छ । अहिले पोहोरभन्दा ७५ प्रतिशतले उत्पादनमा वृद्धि भए पनि मूल्य कम पर्ने चिन्ता रोकालाई छ । उनले पोहोर र अहिले गरेर सात क्विन्टल अलैँची बेच्ने भए पनि हालसम्म गोदाममै थन्किएको बताए । उनका अनुसार प्रतिकिलो रु ६ सयमा बिक्री गर्न पाए पनि राम्रै हुने थियो ।
ताराखोला–२ अर्गलका करिब ४० कृषक अहिले अलैँची टिप्न व्यस्त छन् । गत वर्षका तुलनामा अलैँची उत्पादन ७५ प्रतिशतले वृद्धि भए पछि कृषकलाई उत्पादन गर्न भ्याइ नभ्याइ छ । गत वर्ष अलैँचीसमेत बिक्री नभएका कारण बजारीकरणका कुरामा उनीहरुको मनमा चिसो पसिरहेकै छ । “सुरुमा रु दुई हजार पाँच सयमा ताराखोलाबाटै बिक्री भएको अलैँची अहिले प्रतिकेजी रु ६ सयमा बिक्री हुनसमेत समस्या छ” कृषक रोकाले भने, “पोहोरको डेढ क्विन्टल अलैँची गोदाममा थन्किएको छ, अहिलेको बिक्री हुन के गर्ने हो ?”
यस्तै अर्गलकै किसान खड्कबहादुर घर्तीसहित तीन जना मिलेर धान फल्ने खेतमा अलैँची खेती विस्तार गरेका थिए । उनले पनि पोहोरको अलैँचीसमेत बिक्री नभएको गुनासो गरे ।
तेह्र रोपनी जग्गा भाडामा लिएर अलैँची खेती विस्तार गरिए पनि अहिले मूल्य नपाउँदा समस्या भएको घर्तीको गुनासो छ । सोही स्थानका अम्मर थापाले लगाएको आठ रोपनी क्षेत्रफलको अलैँची पोहोरदेखि गोदाममै थन्किएको छ । उनले युरोपका विभिन्न देशमा नेपालको सुकेको अलैँची प्रतिकेजी रु तीन हजार ६ सयमा बिक्री भए पनि किसानले जम्मा रु ६ सय पाएको बताए । “दुःख नेपाली किसानले गर्ने, नेपालको अलैँचीको ट्रेडमार्क नहुँदा नाफा जति भारतले लगेको छ”, घर्तीले भो, “नेपालले नै विश्वबजारमा अलैँची पठाउन नसक्ने हो भने नेपालका किसान निरुत्साहित हुनेछन् ।”
रु ६ सयमा नेपालीबाट किनेको अलैँची भारतले नेपालको झापा स्थित बिर्तामोडमा संकलन गरी प्रशोधनपछि तेस्रो मुलुकमा चर्को मूल्यमा पठाउँदै आएको छ । नेपालले सीधै तेस्रो मुलुकमा अलैँची उत्पादन गर्न सके किसानले राम्रो आम्दानी गर्न सक्ने अवस्था आउने छ । ताराखोला–२ अर्गलमा मात्रै ४० भन्दा बढी कृषकले चार सय रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । गलकोट, जैमिनीलगायत क्षेत्रमा समेत अलैँचीको व्यावसायिक खेती हुँदै आएको छ । बागलुङका अलैँची किसान सुरुमा यथोचित दाम पाए पनि वर्षेनी मूल्य घट्दै गएका कारण पोहोर सुकाएको अलैँचीसमेत गोदाममै रहेको गुनासो गर्छन् ।
गलकोट नगरपालिका–१ दुदिलाभाटीका कृषक सम्मरबहादुर खड्काले ६ रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । उनले बसाइँसराइँका कारण जग्गा बाँझो हुन थालेपछि अलैँची खेती विस्तार गरिएको बताए । उनी सोचे जस्तो अलैँचीको मूल्य नपाउँदा भने समस्या भएको बताउँछन् । जैमिनी नगरपालिका–२ दमेकका किसान बलिभद्र सापकोटाले पनि अलैँची उत्पादनबाट भने जस्तो मूल्य नपाउँदा दुःख खेर जान थालेको गुनासो गरे । सापकोटाले भारतबाट आएका बिचौलियाले सस्तो मूल्यमा अलैँची खरिद गरी तेब्बर नाफा कमाउँदा नेपाली किसान समस्यामा परेको बताए । बागलुङमा पछिल्लो एक दशकयता अलैँचीको व्यावसायिक उत्पादन सुरु भएको हो ।
अलैँचीबाट मसला, तेल, मदिराको स्वाद बढाउने तत्वलगायत अमूल्य पदार्थ उत्पादन हुने गर्छन् । यसमा औषधीय गुणसमेत रहेको कृषकले बताउँदै आएका छन् । पोहोर अलैँचीको भाउ खोज्दाखोज्दै बन्दाबन्दीमा परेका कृषकले यस वर्ष सस्तो मूल्यमा भए पनि बिक्री गर्ने लक्ष्य राखेका छन् । रासस

काठमाडौं । विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले सो ऋण...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रासायनिक मल कारखाना स्थापना गर्ने तयारी गरेको छ । पछिल्लो समय रासायनिक मलको अभाव दिनहुँ बढ्न थालेपछि यसको दीर्घकालिन समाधानका लागि...

काठमाडाैं । चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन्...

काठमाडौं । विश्व बजारमा डलरको भाउ बढ्दा अलैंचीको पनि बढ्थ्यो । तर यसपटक भाउ बढेको छैन। उत्पादन परिमाण पनि घट्दो छ । कुनै बेला किसानले एक लाख रूपैयाँ प्रतिमन (४०केजी) बिक्री भएको...

काठमाडौं । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक रु ५० करोडसम्मको तरकारी फलाउन सकिने बताएका छन् । पोखरा...

काठमाडौंं । गत महिनाको तुलनामा अहिले काठमाडौंंको थोक बजारमा नै तरकारीको मूल्य दोब्बरले बढेको छ । केही तरकारीमा त दोब्बरभन्दा पनि बढी छ । असार १ गते किलोको २५ देखि ३० रुपैयाँ रहेको...

काठमाडौं । पूर्व सभामुख तथा नेकपाका नेता कृष्णबहादुर महरा हलो जोतेको अबस्थामा भेटिएका छन् । कोरोना संक्रमण नफैलियोस् भन्दै सरकारले लगाएको लकडाउनका बेला आप्नो पुर्खाैली घर...

काठमाडौं । कोरोना संक्रमणको बहानामा तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानूनबमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको संसदको कृषि सहकारी तथा...

काठमाडौं । पोखरा महानगरपालिका–१५ मा झण्डै चार ट्रकभन्दा बढी तरकारी खाल्डोमा हालेर पुरियो । सागसब्जी पुर्दा प्रहरी तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको समेत उपस्थिति थियो...

काठमाडौं । नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रमा परेको गम्भीर समस्यालाई समेटेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गरी राहत प्याकेज घोषणाको माग राखेको छ । राहतका लागि...

काठमाडौँ । देशभर किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गरिने भएको छ। सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरुसँग कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले आइतबार...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...