Tuesday, 2nd June, 2020

यी १२ कारणले नेपालमा कोरोना संक्रमणले धेरैको मृत्यु हुँदैन : डा. पाण्डे

काठमाडौं । नेपालमा कोरोना संक्रमण अन्य देशमा जस्तै फैलियो भने पनि ठूलो संख्यामा हताहत हुने देखिदैन । यसको पछाडी हामीले साधारण ठान्ने तर संक्रमणको कडी तोड्ने, रोग लागेपनि रोगलाई जित्न सक्ने विशिष्ट कारण छन् । जुन यसप्रकार छन् ।


१. लकडाउन : समयमै लकडाउन भएको, सिमाना शिल गरिएको, सम्भावित जोखिम ठाउँमा निगरानी बढाइएको, सामाजिक दुरी / हात धुने लगायत बिषयमा जनता सुचित भएको आदि ।

२. बसाइ : अधिकांश गाउँ भएको, गाउँमा घरले नै सामाजिक दुरी कायम गरेको, सहरमा सामुहिक बसाइ अत्यन्त न्यून भएको ।

३. जनसंख्या : जुलाई २०१८ भएको जनसंख्या सर्वेक्षण अनुसार नेपालको जनसंख्या २ करोड ९७ लाख १७ हजार ५ सय ८७ छ । काठमाडौ लगायत केहि सहरमा मात्र जनघनत्व बढी छ । अन्य स्थानमा जनघनत्व कम भएको हुनाले रोग सर्ने गति त्यति तीब्र हुँदैन । अरु देशको तुलना गर्दा हाम्रा सहरको जनसंख्या थोरै नै मानिन्छ ।

४. जोखिम उमेर : बिकसित देशको औसत आयु हेर्ने हो भने जेष्ठ नागरिकको प्रतिशत धेरै हुन्छ । जस्तै इटालीमा जेष्ठ नागरिक २३ % छन् । नेपालमा ६५ बर्ष तथा त्यो भन्दा धेरै उमेरका मान्छे ५.३४ % मात्र छन् । त्यसैले संक्रमण फैलिएपनि स्वाभाविक रुपमा मृतकको संख्या कमी हुनेछ । नेपाल डेमोग्राफिक प्रोफाइल २०१९ अनुसार ०-१४ बर्षका २९.५४ %, १५ – २४ बर्षका २१.५२ % तथा २५ – ५४ बर्षको जनसंख्या ३७.१८ % छ । यो ठूलो जनसंख्या उमेरको हिसाबले जोखिम मानिदैन । त्यस्तै ५५ – ६४ बर्षका ६.४२ % र ६५ बर्षमाथिका ५.३४ % छन् ।

५. औसत आयु : नेपालीको औसत आयु ( Life expectancy at birth ) ७१.३ बर्ष ( २०१८ ) बर्ष छ । त्यसमा पुरुषको औसत आयु ७०.६ बर्ष र महिलाको औसत आयु ७२ बर्ष रहेको छ । यो औसत आयु बिकसित मुलुकको तुलनामा कम हो । कोरोना संक्रमणको मृत्युदर ८० बर्ष वा सो भन्दा माथिका व्यक्तिको सबैभन्दा धेरै ( लगभग २१ % ) रहेको छ । तसर्थ कोभिड – १९ बाट हुन सक्ने नेपालको मृत्युदर कम हुने देखिन्छ ।

६. सार्वजनिक यातायात : बिकसित देशमा अन्डरग्राउण्ड रेल, मेट्रो, लामा बस आदि छन् । त्यहाँ दैनिक लाखौँ व्यक्तिको ओहोरदोहोर हुन्छ । नेपालमा थोरैजना अट्ने माइक्रोबस, मिनिबस तथा बस मात्र छन् । यसो हुँदा सार्वजनिक यातायातबाट छिटो संक्रमण फैलिने सम्भावना एकदम थोरै हुन्छ ।

७. रात्रिजीवन : नेपालमा रात्रिजीवन छैन भन्दा हुन्छ । रेस्टुरेन्ट, क्लब, डान्सबार, पार्क, स्टेडियम आदिमा जाने नेपाली न्यून छन् । त्यहाँबाट रोग सर्ने सम्भावना थोरै हुने नै भयो ।

८. हात धोइरहने अभ्यास : नेपालीले ट्वाइलेट पेपर, Tissue पेपर, काँटा /चम्चा / चपस्टिकको प्रयोग न्यून मात्रामा गर्छन । त्यस्तै बाहिरको खाना खाने प्रचलन कम छ । यसको मतलब ट्वाइलेट गएपछि, खाजा खानु अघिं, खाजा खाएपछि, खाना खानु अघिं, खाना खाएपछि, तरकारी पखाल्दा, खान पकाउँदा, भाँडा सफा गर्दा, कपडा धुँदा आदि काममा दिनको बीसौं पटक साबुनले हात धोइरहेका हुन्छन, पानीसंग खेलिरहेका हुन्छन । यो परम्पराले भाइरसको चेन तोड्न ठूलो भूमिका खेलेको छ ।

९. खोप तथा औषधि : नेपालमा सरुवा रोगको प्रकोप फैलिरहने भएकोले भएकोले यहाँ बिसिजीको खोप, पोलियो, जुकाको औषधि, हात्तीपाइलेको औषधि, फ्लु भ्याक्सिन, जापानिज इन्सेफ्लाइटिस लगायतको खोप लगाउने प्रचलन छ । त्यस्तै मलेरिया, कालाजार आदिको औषधि पनि प्रकोप क्षेत्रमा खाएका हुन्छन् । हरेक मौसममा सिजनल फ्लु, स्वाइन फ्लु, बर्ड फ्लु जस्ता रोग, प्रदुषण आदिसंग जुधेका हुन्छन । यी कारण पनि नेपाली सुरक्षित भएको विश्वास गरिएको छ।

१०. खानपिन : हाम्रो खानपिनमा प्रयोग गर्ने मरमसला ( अदुवा, लसुन, प्याज, बेसार, कागती, ज्वानो, पुदिना, मरिच, जिम्मु, टिमुर, मरौटी, धनियाँ, जिरा, दालचिनी, तेजपात, तुलसी आदि ) ले रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्दछन् । अनुसन्धानबाट पनि यी मरमसला सुजन तथा संक्रमणमा उपयोगी हुने तथा इम्युनिटी पावर बुस्ट गर्ने भनेर भनिएको छ ।

११. संस्कृति : नेपालीले शारीरिक परिश्रम गर्ने, हिंड्ने, योग तथा ध्यान गर्ने, पुजाआजा गर्ने, ब्रत बस्ने, चाडपर्वमा मौसम अनुसारका खाना खाने लगायत बिबिध संस्कृति र परम्परा छन् । त्यस्तै बासी नखाने, शाकाहारी खाने वा मासुलाई दैनिक मुख्य खानाको रुपमा नलिने, छाकैपिच्छे पकाउने, नचिनेको खाना नखाने, काँचो मासु नखाने लगायतका अभ्यास रोगको रोकथाम र प्रतिरोध गर्न प्रभावकारी छन् ।

१२. उच्च मनोबल : नेपाली नागरिकमा उच्च मनोवल भएको अनुसन्धानले पनि देखाएका छन् । भूकम्प, बाढीको प्रकोप तथा द्वन्दमा पनि नेपाली नागरिक हाँसेर, एकअर्कालाई सहयोग गरेर सकारात्मक जीवन बिताएका थिए । त्यस्तै नेपालीमा जन्म, वृद्धि, क्षय र मृत्युलाई सहज रुपमा लिने धार्मिक तथा पारम्पारिक मान्यता छ । दैवको खेल, माथिको आज्ञा, पिठो सकिएको जस्ता तमाम मन बुझाउने शब्द सहर तथा गाउँमा प्रचलित छन । नेपालको जेष्ठ जनसंख्या आफ्नो धर्म, परम्परा तथा संस्कृतिको ज्ञाता छ । तसर्थ हरेक घटनालाई ती मान्यतासंग जोड्ने गर्दछ। त्यस्तै नेपाल तपोभूमि भएको, पशुपतिनाथजस्ता शक्तिपीठ भएको, बुद्धको जन्मस्थल भएको तथा विश्वमै अद्वितीय हावापानी भएको मान्ने पंक्ति पनि ठूलो छ । 

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता