नेपाली सम्प्रभूतामा प्रश्न उठाउने पिट्ठु पत्रकार

आनन्द स्वरुप बर्मा-
हिजोका कुरा हो । टीभीको स्क्रिनमा ठूला अक्षरमा आउँछ– ‘भारतका खाओगी, चीनका गाना गाओगी ?’
यसपछि सुरु हुन्छ अभिनेत्री मनीषा कोइरालामाथि तीन उद्घोषकको आक्रमण, जो हरेक दिन एबीबी न्यूजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन् ।
सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो भूभाग दाबी गर्दै नेपालले जारी गरेको नयाँ नक्साको सन्दर्भमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटमा मनीषा कोइरालाको ट्वीट, जसमा उनले लेखेकी थिइन्– ‘हाम्रो सानो राष्ट्रको गरिमा कायम राखेकोमा धन्यवाद । तीन महान् देशबीच हामी शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्छौं ।’
केवल यति नै । अत्यन्त शालीन भाषामा एक नागरिकले आफ्नो देशको सम्प्रभूता र आत्मसम्मानमा यो टिप्पणी गरेकी हुन् ।
उद्घोषक विकास भदौरिया भन्छन्– ‘कसरी भारतमा बसेर मनीषाले अथाह पैसा र प्रसिद्धि कमाइन् । तर आज उनी भारतविरुद्ध चीनको साथ उभिएकी छन् । खडा भएकी छन् ।’
भदौरियाले भने, ‘भारतको खान्छौ र चीनको गीत गाउँछौ ?’ यी समाचार च्यानलको बौद्धिक कंगाललता देखेर हैरान हुन्छ ।
के अब कुनै पढे लेखेका सम्पादकजस्ता व्यक्तिको अस्तित्व यी च्यानलमा छैन ? के भीडले नै अब सबै तयार गर्दै छ कि के प्रसारण गर्ने, के नगर्ने ? या हरेक च्यानलमा जो गनिएका पढेलेखेका व्यक्ति छन्, उनीहरू चुप रहन अभिशप्त छन् ?
यी सवालको जवाफ मेरा एक युवा पत्रकार मित्रले बताए कि वास्तवमा मोदी सरकारमा आएपछि र खासगरी जेएनयू प्रकरणपछि ‘राष्ट्रभक्त’ र ‘राष्ट्रद्रोही’ वाला जुन एउटा ‘लार्जर न्यारेटिभ’ बन्यो, त्यसमा हरेक समाचारलाई फिट गरेको परिणाम यो हो ।
खबरलाई यसरी प्रसारण गर्दा संस्थापन पक्षधर भइरहन सकिन्छ भन्ने एउटा मापदण्ड बनेको छ । जसलाई सत्यतथ्यमा रहेर साँच्चैको पत्रकारिता गर्नु छ, उनीहरूले यस्ता च्यानलबाहेक अन्यत्र कतै कुरा राखून् ।
दिउँसो हुँदै गर्दा यो समाचारले बहसको रूप लिने तयारी गर्दै थियो, जो आमरूपमा च्यानलको चलन भइसकेको छ ।
अब खबर भन्ने बागडोर च्यानलका सबैभन्दा समझदार र अनुभवी समाचार प्रस्तोता रोमाना ईसार खानको थियो, तर रोमानाले त्यसै गरिन् जुन बिहान देखिएको थियो । रोमानालाई पनि मनीषा कोइरालालाई भारतले सबै दियो तर आज उनी चीनको पक्षमा उभिएको जस्तो लागिरहेको थियो ।
एउटा समझदार समाचार प्रस्तोता कसरी सत्ताको दबाबमा जान–अञ्जानमा मूर्खताको दलदलमा भासिँदै जान्छ भन्ने शानदार उदाहरण हुन्, रोमाना ।
रोमानाको प्रश्न थियो कि– ‘यस्तो के भयो कि ७० वर्षमा पहिलो पटक नेपालले भारतसँग आँखा जुधाउने कोसिस किन गरिरहेको छ ? यो वाक्य कुनै पत्रकारको नभएर सानो छिमेकी देशको सम्प्रभूतामाथि औँला उठाइरहेका शासक वर्गका कुनै सदस्यको हुन सक्छ ।
यस कार्यक्रममा दुई विशेषज्ञ थिए– भाजपाका प्रेम शंकर शुक्ला र सेनाका अवकाशप्राप्त मेजर जनरल जी.डी. बख्शी । दुवैलाई नक्साबारे पूरा मामला के हो भन्नेबारेमा थाहा नै थिएन । तर चीन र पाकिस्तानविरुद्ध त विनाकुनै तयारी, कुनै पनि समयमा बोल्न सकिन्छ ।
दुवैले चीनको षडयन्त्रबारे प्रकाश पारे र जनरल बख्शीले यो कुराका लागि अघिल्लो सरकारलाई दोष दिए । उनले भने, ‘अघिल्लो सरकारले जेएनयूबाट वामपन्थी पठाएर नेपालमा माओवादीलाई बलियो बनाउँदाको परिणाम आज भारतले भोग्नुपरेको छ ।’
उनले ‘यस ग्रहको एक मात्र हिन्दू राष्ट्र’ लाई बचाउन गुहार लगाउँदै आफ्नो बाैद्धिकतालाई खुलासा गरे । अर्का विद्वान प्रेमशंकर शुक्लाले नेपालका माओवादी नेता प्रचण्डलाई भारतले जेएनयूमा पढाएको र पालनपोषण गरेको बताए ।
प्रचण्डको कहिल्यै जेएनयूसँग कुनै सरोकार थिएन । बाबुराम भट्टराईले जेएनयूबाट विद्यावारिधि गरेका थिए । समाचार प्रस्तोता रोमानालाई यिनीहरूलाई लामो समयसम्म स्क्रिनमा राख्नु ठीक छैन भन्ने लागिसकेको थियो । त्यसैले ‘तपाईंहरूको आरोपको जवाफ दिन यहाँ कांग्रेसका कोही छैनन्,’ भन्दै बहस समापन गरिन् ।
कुनै पनि च्यानलमा तर्कपूर्ण ढंगले कालापानी, लिपुलेक विवाद वस्तुतः के हो र दुवै देशबाट कमजोरी कहाँ भयो र अवस्था यति तनावपूर्ण बन्यो भन्नेबारे बहस देख्न पाइएन । किन समय छँदै वार्ताद्वारा यसको कुनै हल खोज्न सकिएन ? नेपालका दुई मात्र छिमेकी छन् – भारत र चीन ।
भारतसँग जबर्जस्त सांस्कृतिक, सामाजिक, भौगोलिक निकटता हुनुका बाबजुद नेपाल आज किन चीनसँग नजिक देखिएको छ ? के कसैले यसबारेमा कसैले चर्चा गर्यो ? चीनको इशारामा नेपालले नयाँ नक्सा तयार गरेको तर्क गर्नु घटनाको वास्तविकतामा नगएर अन्यत्र मोडिनु हो ।
कालापानीमाथि भारतले र लिपुलेकमा चीनले उसलाई डसेको छ । यसलाई सम्झ शासक र उनका पिट्ठु पत्रकार ! सानो राष्ट्र, सानो सम्प्रभूता भन्ने औपनिवेशिक मानसिकताबाट मुक्त होऊ । सम्प्रभूता कुनै देशको भौगोलिक आकार र आर्थिक हैसियतबाट निर्धारण हुँदैन । जबसम्म यसलाई सम्झँदैनौँ, छिमेकीको घृणा पाइनै रहनेछाैँ र यी सबैका लागि कहिले चीनमाथि त कहिले पाकिस्तानविरुद्ध नाङ्लो ठटाइरहेका हुनेछौँ ।
(भारतका वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले नेपालले चीनको इशारामा नक्सा जारी गरेको भन्ने भारतीय सञ्चारमाध्यममा भएका प्रचारबाजीबारे जनपथडटकममा व्यक्त गरेको प्रतिक्रियाको नेपाली अनुवाद)

-सुदर्शन गिरी / एमसीसी र पृष्ठंभूमि : सन् १९९० को अन्त्य तिर अमेरिकामा अमेरिकी सहयोग कार्यक्रमबारे नीति निर्माताहरुको बिचमा व्यापक असन्तुष्टि फैलियो। उनीहरुले विकासका नाममा...

कार्ल बिल्ट : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सभा हरेक वर्ष हुने गर्छ। तर, सामान्यतयाः प्रत्यक्ष रुपमा सम्बन्धित एउटा वृत्तबाहेक यो सभाले अरु कसैको ध्यान आकर्षित गर्दैनथ्यो। तर,...

काठमाडौं । नेपालमा कोरोना संक्रमण अन्य देशमा जस्तै फैलियो भने पनि ठूलो संख्यामा हताहत हुने देखिदैन । यसको पछाडी हामीले साधारण ठान्ने तर संक्रमणको कडी तोड्ने, रोग लागेपनि रोगलाई...

डा. फ्रेड मिलग्रिम : इमर्जेन्सी विभागको प्रतीक्षालयमा बसेकामध्ये डेढ सय जनाजति ज्वरो आएका कारण चिन्तित छन्। पर्खिरहेका केही मान्छे परीक्षण गराउन मात्र आएका हुन्। अरु थुप्रैलाई...

काठमाडौं । कोरोनाभाइरसको महाव्याधिले विश्वव्यापी आतंक मच्चाइरहँदा धेरैको मनमा उठेको एउटै प्रश्न होः कसले बनायो कोरोनाभाइरस? ‘कन्स्पिरेसी थ्योरी’ अर्थात् षड्यन्त्रको सिद्धान्तमा...

काठमाडौं । मानिसमा तीन प्रकारको अनुभूति हुन्छ। एक अनुभूति दुःखको हो, एक अनुभूती सुखको हो र एक अनुभूति आनन्दको हो। सुखको अनुभूति र दुःखको अनुभूति बाहिरबाट हुन्छ। जब बाहिर हामीले केही...

समाजवादी क्रान्तिको रणनीतिलाई अगाडि बढाउने स्तरको समाजवादी क्रान्तिकारीमा आफूलाई रुपान्तरण गरिछाड्न पुनः एकपल्ट नेपाली समाज, नेपाली इतिहास, यहाँको वर्ग निर्माणको प्रक्रिया र...

धार्मिक परम्पराको विभिन्न मिथक, कथा र आदर्श पात्रहरु इत्यादि हुने नै गर्छ । स्वस्थानी कथा हिन्दु धर्म परम्पराअन्र्तगत कुनै एउटा मिथक कथा हो । यसको प्रामणिकता केही पनि छैन । त्यसलाई एउटा...

नेपाल कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अग्रदस्ता हो । यो पार्टी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शन, माक्र्सवाद–लेनिनवाद–माओवादी सिद्धान्त र देशमा नया“ जनवाद तथा वैज्ञानिक...

अरूण गुप्ताे - प्रोफेसर गायत्री चक्रवर्ती स्पिभाक आफूलाई भ्यानगार्डको अनुपूरक सोच्छिन् । उनी आफैँ पनि एक भ्यानगार्ड नै हुन् । अहिले संसारकै ‘टप इन्टेलेक्चुअल’को सूचीमा पर्ने...

क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । बलियो मानिसले मात्र आफ्नो पिठ्युँमा गाह्रो भारी बोकेर...
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...