Thursday, 13th August, 2020

सहकारीका ऋण तिर्ने भाका एक वर्षसम्म सर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले जस्तै सहकारीहरुले पनि ऋणिहरुले किस्ता तिर्ने समयको भाका ६ महिनासम्म सार्न पाउने भएका छन् । सहकारी विभागले देशभरका सबै सहकारीहरुलाई एक परिपत्र गर्दै यस्तो व्यवस्था गर्न छुट दिएको हो । 

विभागले सहकारीहरुलाई पठाएको १० बुँदे मार्गदर्शन अन्तर्गत २०७७ असारसम्म असूल हुन नसकेको कर्जाको किस्ता ऋणि सदस्यको आवश्यकता र व्यवसाय सुचारु हुन लाग्ने समय र जोखिमको मूल्याङ्कन गरी संचालक समितिको निर्णयअनुसार बढीमा ६ महिनासम्म भाखा सार्न सकिने उल्लेख छ ।

नियामक निकायको पूर्व स्वीकृति लिएर भने यस्तो ऋणको भाखा १ वर्षसम्म सार्नसकिने व्यवस्था गरिएको छ । विभागले कोभिड १९ का कारणले तोकिएको समयभित्र ऋणको ब्याज र किस्ता भुक्तानी गर्न नसकेका ऋणिहरुको हकमा २०७६ पुस मसान्तमा पल्र्स मूल्यांकन प्रणाली बमोजिम जे जति प्रतिशत कर्जा नोक्सानी कोषको व्यवस्था  गरेको छ ।

त्यस्ता ऋणि सदस्यको हकमा २०७७ असार मसान्तसम्मका लागि संस्थाले आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था मिलाई त्यति नै प्रतिशत कर्जा नोक्सानी कोषको व्यवस्था गर्न बाधा नपर्ने समेत जनाएको छ । 

यस्तै, बैंक तथा वित्तीय संस्थालाई झै सहकारीलाई समेत २०७६/७७ को असूली हुन बाँकी ब्याज रकमलाई साउन महिनाभरिमा प्राप्त भएमा अघिल्लो आवको आम्दानी मानी लेखांकन गर्न सकिने सुविधा समेत उपलब्ध गराइएको छ । 

विभागले सहकारीहरुलाई कृषि उत्पादन बढाउन तथा सुरक्षित उपभोगका लागि पारिवारिक खेती प्रवद्र्धन, करेसाबारी तथा कौशी खेतीमा जोड दिने, जमीन बाँझो नराख्ने तथा खाने बानीमा परिवर्तन गर्ने जस्ता कुराहरुमा सहकारीहरुले आफ्ना सदस्य तथा समाजका अन्य समुदायलाई समेत सुसूचि र अभिप्रेरित गर्न भनेको छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता