Saturday, 15th August, 2020

सुनको मूल्यमा आज पुग्यो तोलाको साढे ९७ हजार

काठमाडौँ । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि सुनको उच्च मूल्य आइतबार थियो । आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको महासंघले जनाएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता