बन्दाबन्दीमा ई–कमर्स व्यवसाय सञ्चालन गर्न माग

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले सरकारले हालै ई–कमर्स व्यवसाय सञ्चालन तथा त्यस अन्तर्गत होम डेलिभरीको व्यवस्थामा रोक लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बन्दाबन्दी तथा हालको निषेधाज्ञामा समेत यस्ता व्यवसायहरुले आममानिसको दैनिक आवश्यकताका सामानलगायत खाद्यान्न सामग्री घर–घरमा पुर्याई उनीहरुलाई आफ्नो घरमै बस्न हौसला दिइरहेको मञ्चको ठहर छ। विषम समयमा यस्ता व्यवसायहरुले स्थानीय बजारमा उपभोक्ताको आवागमन न्यून गरिरहेको सरकारले ध्यान नदिएको मञ्चको भनाइ छ।
मञ्चद्वारा जारी विज्ञप्तिमा कोभिड १९ को चुनौतीसँगै आर्थिक गतिविधि ठप्प रहेको यस्तो परिस्थितिमा बजारको वितरण प्रणालीलाई केही भए पनि निरन्तरता दिइरहेका यस्ता व्यवसायलाई आवश्यक स्वास्थ्य सुरक्षा अवलम्बन गरी तत्काल सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ। ‘अनलाइन प्रविधिमार्फत काम गरी घरमा सामान पुर्याउने यस्ता व्यवसायहरुले आफ्नो वितरण प्रणालीलाई अत्यन्त सुरक्षित राखेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘वितरण गर्ने क्रममा समेत सबै सावधानी अपनाइएका छन्, कर्मचारीहरूलाई पीपीई सुटको व्यवस्था गरिएको छ, डेलिभरी गर्ने भ्यानहरूलाई समेत प्रत्येक पटक स्यानिटाइज गरिन्छ।’
कारोबार सकेसम्म नगदरहित नै गर्ने प्रयास गरिरहेको नेपालको प्रमुख स्थानीय ई–कमर्स कम्पनी ‘सस्तो डिल’ का संस्थापक अमुन थापाले बताए। ‘हामीले हाल वितरण गरिरहेको करिब ५० प्रतिशत सामान सरकारी सहुलियतको हो’, उनले भने।
सस्तो डिलले नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सामान निःशुल्क वितरण गर्दै आएको छ।
त्यस्तै नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष च्याग अग्रवालले यो कठिन समयमा सरकार तथा निजी क्षेत्रले सहकार्य गरी अगाडि बढाइनुपर्नेमा जोड दिएका छन्। ‘महामारीको समयमा सरकारको प्राथमिकता निःसन्देह नागरिकको स्वास्थ्यमा रहन्छ। त्यसैले नागरिकलाई सुरक्षित राख्न ई–कमर्स कम्पनीहरूले खेल्न सक्ने भूमिकालाई सरकारले सहयोग गर्नु आवश्यक छ’, अग्रवालले भने।

काठमाडौँ । स्ट्यान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक बर्ष २०७६७७ को मुनाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजन सहित ४.८४ प्रतिशत नगद गरि...

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत बिहीबार बसेकोे बैंक संचालक...

काठमाडौं । बैंकहरुले कात्तिक १ गतेबाट औपचारिका रूपमा कार्यान्वयन हुने स्थिर ब्याजदर सार्वजनिक गरेका छन् । करिब एक महिनाअघि नेपाल राष्ट्र बैंकले एक वर्षमाथिका व्यक्तिगत आवधिक ऋणको...

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएसँगै मन्त्री पौडेलले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार...

काठमाडौं । गत वर्षको चैतमा विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको सरकारले ६ महिनामा आफ्नाे निर्णय उल्ट्याएकाे छ । त्यतिबेला सरकारले प्रतिबन्ध लगाउनुपर्ने कारण समेत उल्लेख गरेको...

काठमाडौं । नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन-२०७६ संसोधन गर्दै एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन गर्न नपाउने...

काठमाडाैं । कोरोनाभाइरसले अस्ट्रेलियाको लगातार तीन दशकदेखिको आर्थिक वृद्धिलाई रोकिदिएको छ। ताजा आँकडाहरुका अनुसार यो वर्षको दोस्रो त्रैमासमा अस्ट्रेलियाको अर्थव्यवस्थामा ७...

काठमाडाैं । एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ। भदौको सुरुआती साता लगातार घटेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर उकालो...

काठमाडाैं । भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै...

काठमाडौं । टिकटकलाई अमेरिकी कम्पनी माइक्रोसफ्टले किन्ने भएको छ । रोयटर्सका अनुसार अमेरिकी कम्पनी माइक्रोसफ्ट र टिकटकको स्वामित्ववाला चिनियाँ कम्पनबीच टिकटक किनबेचबारे छलफल अघि...

काठमाडौं । नेपाल बजारमा आज बिहीबार सुनको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ५०० रुपैयाँ बढ्दै सुनको भाउ हालसम्मकै उच्च...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...