Friday, 15th January, 2021

सुनको मूल्यमा फेरि वृद्धि, तोलाको रु ९८,४०० पुग्यो

काठमाडाैं । एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ। भदौको सुरुआती साता लगातार घटेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर उकालो लागिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले वृद्धि भएको छ। महासङ्घले आजका लागि छापालाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० पुगेको छ।

सोमबार छापावाला सुनको मूल्य रु ९७ हजार ५०० र तेजाबी सुनको मूल्य ९७ हजार कायम गरिएको थियो। यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले बढेर एक हजार ३९५ पुगेको छ। शुक्रबार ६९ हजार ९०० मा झरेको सुनको मूल्य आइतबार बढेर प्रतितोला रु ९७ हजार २०० र सोमबार रु ९७ हजार ५०० पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएकाले नेपाली बजारमा त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...