अब घर, गाडी र हायर पर्चेज कर्जाको ब्याजदर परिवर्तन नहुने

काठमाडौं । नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन-२०७६ संसोधन गर्दै एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको छ ।
यो व्यवस्था भएसँगै अब व्यक्तिको नाममा प्रवाह हुने घर कर्जा, गाडी कर्जा र हायरपर्चेज कर्जा लगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका वा हुने एक वर्षभन्दा बढी भुक्तानी अवधिका कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था भएको हो ।
यो व्यवस्थाले घर तथा गाडी कर्जा लिएर ब्याजदर महंगो हुँदा किस्ता रकम समेत महंगिने पीडाबाट प्रताडितहरुले राहात पाएका छन् । तर, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधारदर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न भने सक्नेछन् ।
यो निर्देशन जारी हुनुपूर्व मासिक/त्रैमासिक/आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा र हायरपर्चेज कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थिर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
यो व्यवस्थाको अनुपालनाको लागि कर्जाका शर्त वा भुक्तानी तालिका वा किस्ता रकममा भएको परिवर्तनलाई पुनरतालिकिकरण वा पुनरसंरचना मानिने छैन । कर्जा अबधिभर परिवर्तन नहुने गरी नयाँ कर्जाका लागि तोकिने स्थिर ब्याजदर अर्धवार्षिक रुपमा मात्र निर्धारण तथा प्रकाशन गर्नु पर्ने निर्देशनमा भनिएको छ ।

काठमाडौँ । स्ट्यान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक बर्ष २०७६७७ को मुनाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजन सहित ४.८४ प्रतिशत नगद गरि...

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत बिहीबार बसेकोे बैंक संचालक...

काठमाडौं । बैंकहरुले कात्तिक १ गतेबाट औपचारिका रूपमा कार्यान्वयन हुने स्थिर ब्याजदर सार्वजनिक गरेका छन् । करिब एक महिनाअघि नेपाल राष्ट्र बैंकले एक वर्षमाथिका व्यक्तिगत आवधिक ऋणको...

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएसँगै मन्त्री पौडेलले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार...

काठमाडौं । गत वर्षको चैतमा विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको सरकारले ६ महिनामा आफ्नाे निर्णय उल्ट्याएकाे छ । त्यतिबेला सरकारले प्रतिबन्ध लगाउनुपर्ने कारण समेत उल्लेख गरेको...

काठमाडाैं । कोरोनाभाइरसले अस्ट्रेलियाको लगातार तीन दशकदेखिको आर्थिक वृद्धिलाई रोकिदिएको छ। ताजा आँकडाहरुका अनुसार यो वर्षको दोस्रो त्रैमासमा अस्ट्रेलियाको अर्थव्यवस्थामा ७...

काठमाडाैं । एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ। भदौको सुरुआती साता लगातार घटेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर उकालो...

काठमाडाैं । भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै...

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले सरकारले हालै ई–कमर्स व्यवसाय सञ्चालन तथा त्यस अन्तर्गत होम डेलिभरीको व्यवस्थामा रोक लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

काठमाडौं । टिकटकलाई अमेरिकी कम्पनी माइक्रोसफ्टले किन्ने भएको छ । रोयटर्सका अनुसार अमेरिकी कम्पनी माइक्रोसफ्ट र टिकटकको स्वामित्ववाला चिनियाँ कम्पनबीच टिकटक किनबेचबारे छलफल अघि...

काठमाडौं । नेपाल बजारमा आज बिहीबार सुनको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ५०० रुपैयाँ बढ्दै सुनको भाउ हालसम्मकै उच्च...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...