Sunday, 25th October, 2020

सरकारद्वारा चाडबाडका बेला विदेशी मदिरा आयात खुला

काठमाडौं । गत वर्षको चैतमा विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको सरकारले ६ महिनामा आफ्नाे निर्णय उल्ट्याएकाे छ । त्यतिबेला सरकारले प्रतिबन्ध लगाउनुपर्ने कारण समेत उल्लेख गरेको थियो। कोरोना संकटको कारणले अर्थतन्त्र तहसनहस हुनलागेकोले ब्यापार घाटा कम गराउन विलासी वस्तु प्रतिबन्ध लगाउनुपर्ने देखिएको बताइएको थियो।

नेपालमा खपत नहुने तेस्रो मुलकबाट आयात भएर भारत निकासी भैरहेको सुपारी, केराउ, मरिच, छोकाेडा, ५० हजार डलरभन्दा बढि मूल्यका गाडी र मदिराको आयातमा त्यतिबेला सरकारले रोक लगाएको थियो।

अर्थतन्त्रमा समस्या पार्ने भनी यहि सरकारले ६ महिनाअघि प्रतिबन्ध लगाएकोमा अहिले झन् अर्थतन्त्र तहसनहस नै भैसकेको अवस्थामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको प्रस्तावमा सरकारले विदेशी मदिरा खुलाउने निर्णय गरेको छ।

सरकारले विदेशी मदिरालाई कुनै आवश्यकताका आधारमा आंशिक मात्रै खुलाएकाे नभई पूर्ण रुपमा नै खुल्ला गरेको छ ।

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आपूर्ति मन्त्रालयको प्रस्तावमा विदेशमा तयार गरिएका मदिरा खुल्ला गर्ने र त्यसको लागि राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय भएको हो।

यो अवस्थामा विदेशी मदिरा आयात फुकुवा गर्नुलाई नेपाली उत्पादकहरुले भने स्वदेशी उद्योगलाई संकटमा पार्ने सरकारको कदम भनेका छन् । मदिरा उत्पादक संघका महासचिव गुरुप्रसाद अधिकारीले अहिले नेपाली बजारमा विदेशी मदिराको कुनै आवश्यकता नै नरहेको बताए।

उनले पत्रकारसँग भने ‘पहिलो कुरा त अहिले मदिरा उपभाेग र व्यवसाय नै ओरालो लागेको हुँदा नेपाली उद्योगमा नै माग आउन छोडेको छ,’ उनले भने, ‘जसले गर्दा नेपाली उद्योगीहरु मारमा छन् ।’

त्यसैगरी विदेशी मुद्रा संचय गर्नको लागि पनि अहिले नेपालले विदेशी मदिरामा बन्देज लगाइएको उनको भनाइ छ। ‘अहिले के नयाँ परिस्थिति आयो र सरकारले खोल्याे?’ उनले प्रश्न गरे। सरकारले सोचविचार नगरी यो अनुचित निर्णय गरेको उनको ठहर छ।

वर्षभरिमा सबैभन्दा बढि माग आउने भनेको दशैं तिहार र आसपासकै अवधिमा नै हो। तर यो वर्ष यतिबेलामा विगतका वर्षमा सबैभन्दा कम माग हुने असार साउनको जस्तै अवस्था छ। उद्योगहरु संचालन भएर पूर्ण क्षमतामा उत्पादन नै नरहेको उनको भनाइ छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । आज फूलपातीको दिन पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना...


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु...


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई महामारीको रुपमा लिएको ६ महिना...


काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...