अब बैंकहरुमा स्थिर ब्याजदर लागू हुने

काठमाडौं । बैंकहरुले कात्तिक १ गतेबाट औपचारिका रूपमा कार्यान्वयन हुने स्थिर ब्याजदर सार्वजनिक गरेका छन् । करिब एक महिनाअघि नेपाल राष्ट्र बैंकले एक वर्षमाथिका व्यक्तिगत आवधिक ऋणको स्थिर (फिक्स) ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम कात्तिक १ गतेबाट स्थिर ब्याजदर लागू हुन लागेको हो।
यही निर्देशन कार्यान्वयन ल्यान शुक्रबार एक दर्जनजति बैंकहरुले स्थिर ब्याजदर सार्वजनिक गरेका छन्। कतिपय बैंकहरुले भने यसअघि नै स्थिर ब्याजदर कार्यान्वयन गरिसकेका छन्। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १५ वर्षसम्मको घर कर्जा ११ प्रतिशत र सात वर्षसम्मको गाडी कर्जा ९.५ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउने भएको छ।
यसैगरी नेपाल बैंकले ९.३५ देखि १३.९३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। बैंकले घर कर्जा कम्तीमा ९.८५ प्रतिशत र सवारीसाधन कर्जा १०.८५ प्रतिशत ब्याज निर्धारण गरेको छ । माछापुच्छ्रे बैंकले १० वर्षमाथिको घर कर्जाको ब्याज ११.८९ प्रतिशत निर्धारण गरेको छ ।
त्यस्तै १० वर्ष अवधिको सवारी–साधन कर्जा १०.९९ प्रतिशतमा दिने घोषणा गरेको छ । अन्य खालको खुद्रा ऋणको ब्याज दर १२.२४ प्रतिशतसम्म निर्धारण गरेको छ । बैंकले ५ वर्षसम्मको घर कर्जा ९.८९ प्रतिशत र सवारीसाधन ९.९९ प्रतिशत ब्याजमै उपलब्ध गराउने भएको छ ।
ग्लोबल आइएमई बैंकले ७.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याज दर निर्धारण गरेको छ । बैंकले १५ वर्षमाथिको घर कर्जाको ब्याज ११.९९ प्रतिशत र ५ वर्षमाथिको गाडी कर्जाको ब्याज ११.९९ प्रतिशत तोकेको छ ।
सनराइज बैंकले समयावधिअनुसार ब्याज दर साढे १० प्रतिशतदेखि साढे १३ प्रतिशतसम्म निर्धारण गरेको छ। बैंकले १५ वर्षसम्मको घर कर्जाको ब्याज साढे ११ प्रतिशत निर्धारण गरेको छ । त्यस्तै ८ वर्षसम्मको सवारी कर्जा लिए ब्याज साढे ११ प्रतिशत बैंकलाई तिर्नुपर्छ ।
बैंक अफ काठमाण्डूले ९.४९ देखि १२.९८ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। ५ वर्षसम्मको शिक्षा ऋण लिनु परे साढे ९ प्रतिशत पर्छ । १५ वर्षसम्मको हाउजिङ ऋण लिनु परे ११.९८ प्रतिशत छ । सवारी कर्जा लिनुपरे साढे ११ प्रतिशतसम्म ब्याज पर्छ ।
नबिल बैंकले एक वर्षसम्मको स्पेसल अफरबाहेक त्योभन्दा माथि अवधिको ब्याज दर निर्धारण गरेको छ। बैंकले १५ वर्षसम्को घर कर्जा ११ प्रतिशतमा दिनेछ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। बैंकले सात वर्ष अवधिको सवारीसाधन किन्न १०.७५ प्रतिशत ब्याजमा पैसा दिन्छ। घर कर्जा समयानुसार फरक छ । जस्तो १० वर्षसम्मको घरु कर्जाको ब्याज साढे १२ प्रतिशत पर्छ ।
एनएमबि बैंकले ५, १०, १५ र त्यसभन्दा माथिका लागि ब्याज निर्धारण गरेको छ । बैंकले समयावधि हेरेर ९.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याज लिनेछ । बैंकले आफ्नो मुख्य ग्राहक, आफ्नो स्ट्यान्डर्ड रेट र अन्य रेट भनेर तीन खालको ब्याज सार्वजनिक गरेको छ । बैंकसँग १५ वर्षसम्मको घर कर्जा लिने हो भने सवा १२ प्रतिशतसम्म ब्याजमा पैसा पाइन्छ ।
यदि तीन वर्षभन्दा माथिका लागि सवारी कर्जा लिने हो भने ब्याज १० प्रतिशत हाराहारीमै पाइन्छ। विद्युतीय कार किन्नुपर्दा त साढे ९ प्रतिशतमै पाइन्छ । नेपाल एसबीआई बैंकको स्थिर ब्याज ५ देखि १० वर्ष अवधिको साढे १४ प्रतिशत पर्छ। १० वर्षसम्मको सवारी कर्जा लिँदा ब्याज १४ प्रतिशत पर्छ ।
सानिमा बैंकले ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। ३ वर्षमाथिको ऋणको ब्याज १३ प्रतिशत पर्छ । कृषि विकास बैंकले सवारी कर्जा १०.५ प्रतिशत र१० वर्षमाथिको घर कर्जाको ब्याज ११.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सिद्धार्थ बैंकले ५ वर्षमाथिको सवारी कर्जा १०.९९ प्रतिशतमा र १० वर्षमाथिको घर कर्जाको ब्याज १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सेञ्चुरी बैंकले १० बर्षमाथिको घर कर्जा १२.७४ प्रतिशत ब्याज निर्धारण गरेको छ । सात वर्षसम्मको निजी सवारीसाधन ऋण १२.२४ प्रतिशतमै उपलब्ध गराइने बैंकले जनाएको छ ।

काठमाडौं । गर्मी बढेसँगै चीसो पेय पदार्थको मूल्य पनि बढेको छ । गत शनिबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटलाई देखाएर चीसो पेय पदार्थको मूल्य बढाईएको छ । तर, औपचारिक...

काठमाडौं । सरकारले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्दा पौडेललाई पहिलो वरीयताको...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत समावेश गरेको शैक्षिक कर्जा दिनलाई लघुवित्त वित्तीय संस्थाहरु तयार देखिएका छन्। तर यसका लागि लघुवित्त वित्तीय संस्थाहरुले काम गर्न...

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र...

काठमाडौँ । स्ट्यान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक बर्ष २०७६७७ को मुनाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजन सहित ४.८४ प्रतिशत नगद गरि...

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत बिहीबार बसेकोे बैंक संचालक...

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएसँगै मन्त्री पौडेलले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार...

काठमाडौं । गत वर्षको चैतमा विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको सरकारले ६ महिनामा आफ्नाे निर्णय उल्ट्याएकाे छ । त्यतिबेला सरकारले प्रतिबन्ध लगाउनुपर्ने कारण समेत उल्लेख गरेको...

काठमाडौं । नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन-२०७६ संसोधन गर्दै एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन गर्न नपाउने...

काठमाडाैं । कोरोनाभाइरसले अस्ट्रेलियाको लगातार तीन दशकदेखिको आर्थिक वृद्धिलाई रोकिदिएको छ। ताजा आँकडाहरुका अनुसार यो वर्षको दोस्रो त्रैमासमा अस्ट्रेलियाको अर्थव्यवस्थामा ७...

काठमाडाैं । एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ। भदौको सुरुआती साता लगातार घटेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर उकालो...
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...