स्ट्यान्डर्ड चार्टड बैंकको लाभांश घोषणा

काठमाडौँ । स्ट्यान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक बर्ष २०७६७७ को मुनाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजन सहित ४.८४ प्रतिशत नगद गरि ११ .८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकको कात्तिक १३ गते बसेको ४०३ औं संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको बैंकले जनाएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरे पश्चात सेयरधनीहरुमा वितरण हुनेछ ।
बैंकको चुक्ता पुंजी ८ अर्ब १ करोड रहेको छ भने बैंकले गत आर्थिक बर्ष १ अर्ब ९८ करोड मुनाफा आर्जन गरेको थियो ।
प्रस्तावित लाभांश स्वीकृत नहुने
राष्ट्रबैंकको नीतिगत व्यवस्थामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले फेरि चुनौती दिएको छ ।विगतदेखि नै यो बैंकले केन्द्रीय बैंकको नीति नमान्ने अभ्यास गर्दै आएको छ । विदेशी लगानीको बैंक भएकोले कतिपय नीति नमान्दा पनि राष्ट्रबैंकले भने यो बैंकमाथि कारबाही गर्न सक्दैन ।
बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धिको योजना सार्वजनिक गर्दा समेत स्ट्याण्डर्ड चार्टर्ड बैंकले त्यसको विरोध गरेको थियो । बिनाकारण पूँजीवृद्धिको नीति आएको भन्दै यो नीति फिर्ता नभए बैंकले नेपाल छाड्ने समेत धम्की दिएको थियो ।
तर, राष्ट्रबैंकको तत्कालीन नेतृत्वले चारगुणासम्म पूँजी वृद्धि गर्नुपर्ने नियम नछाडेपछि अन्तिममा बाध्य भएर यो बैंकले सतप्रतिशत बोनस सेयर वितरण गरेर तोकिएको ८ अर्ब पूँजी पुर्याउनु परेको थियो ।
राष्ट्रबैंकले केही समयअघि सार्वजनिक गरेको एकीकृत निर्देशनमार्फत व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर कर्जा अवधिभर स्थिर हुनुपर्ने व्यवस्था गर्यो । यो व्यवस्था समेत कार्यान्वयन गर्न नसकिने भन्दै स्ट्याण्डर्ड चार्टर्डले बखेडा गरेको थियो । तर, केन्द्रीय बैंक आफ्नो नीतिबाट नडगमगाएपछि अहिले स्थिर ब्याजदर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ र स्ट्याण्डर्ड चार्टर्ड पनि बाध्य भएर यो व्यवस्थामा गएको छ ।
यसरी एकपछि अर्को गर्दै नेपालको नियामकको नीतिमा विरोध गर्दै र चुनौती दिंदै आएको यो बैंकले फेरि एकपटक नीतिगत व्यवस्थाको खिल्ली उडाउँदै लाभांश घोषणा गरेको छ । अरु बैंकले सो व्यवस्थाको पालना गरिरहेको बेला स्ट्याण्डर्ड चार्टर्डले त्यस विपरीत बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव गरेर फेरि एकपटक नियामकलाई चुनौती दिने काम गरेको छ ।
स्टाण्डर्ड चार्टर्ड बैंकको संचालक समितिले बैंठकले आफ्ना लगानीकर्तालाई ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । तर, यो प्रस्तावमा बोनस सेयर र नगद लाभांशको अनुपात नमिलेको देखिएको छ । यहीकारण यो बैंकले गरेको लाभांश प्रस्ताव राष्ट्रबैंकले स्वीकृत नगर्ने प्रष्ट पारेको छ ।
बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले लाभांश घोषणा गर्दा बोनर सेयर र नगद लाभांशको अनुपात ७०ः३० कायम गर्नुपर्ने, तर स्ट्याण्डर्ड चार्टर्डले गरेको प्रस्ताव नमिलेकोले त्यो स्वीकृत नहुने प्रष्ट पारे । ‘सबै बैंकहरुलाई एउटै नियम लागू हुन्छ ।’ उनले भने–‘अरुलाई लाग्ने नियम स्ट्याण्डर्ड चार्टर्डलाई नलाग्ने भन्ने हुँदैन ।’
चार्टर्डले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र ४ दशमलव ८४ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । योअनुसार नगद लाभांशको अनुपात ४० प्रतिशतभन्दा बढी हो । जुन राष्ट्रबैंकको नीति तथा निर्देशनभन्दा बाहिरको कुरा हो ।
राष्ट्रबैंकका कतिपय अधिकारीहरु भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले जानाजान नियामकलाई जिस्क्याउने र पेल्ने उद्देश्यले नीतिविपरीत लाभांश घोषणा गरेको दाबी गर्छन् । ‘विगतमा कतिपय नीतिगत व्यवस्थामा यो बैंकलाई छुट दिइएका कारण समेत आज यस्तो अवस्था बनेको हो ।’–केन्द्रीय बैंकका एक अधिकारीले भने ।

काठमाडौं । गर्मी बढेसँगै चीसो पेय पदार्थको मूल्य पनि बढेको छ । गत शनिबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटलाई देखाएर चीसो पेय पदार्थको मूल्य बढाईएको छ । तर, औपचारिक...

काठमाडौं । सरकारले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्दा पौडेललाई पहिलो वरीयताको...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत समावेश गरेको शैक्षिक कर्जा दिनलाई लघुवित्त वित्तीय संस्थाहरु तयार देखिएका छन्। तर यसका लागि लघुवित्त वित्तीय संस्थाहरुले काम गर्न...

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र...

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत बिहीबार बसेकोे बैंक संचालक...

काठमाडौं । बैंकहरुले कात्तिक १ गतेबाट औपचारिका रूपमा कार्यान्वयन हुने स्थिर ब्याजदर सार्वजनिक गरेका छन् । करिब एक महिनाअघि नेपाल राष्ट्र बैंकले एक वर्षमाथिका व्यक्तिगत आवधिक ऋणको...

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएसँगै मन्त्री पौडेलले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार...

काठमाडौं । गत वर्षको चैतमा विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको सरकारले ६ महिनामा आफ्नाे निर्णय उल्ट्याएकाे छ । त्यतिबेला सरकारले प्रतिबन्ध लगाउनुपर्ने कारण समेत उल्लेख गरेको...

काठमाडौं । नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन-२०७६ संसोधन गर्दै एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन गर्न नपाउने...

काठमाडाैं । कोरोनाभाइरसले अस्ट्रेलियाको लगातार तीन दशकदेखिको आर्थिक वृद्धिलाई रोकिदिएको छ। ताजा आँकडाहरुका अनुसार यो वर्षको दोस्रो त्रैमासमा अस्ट्रेलियाको अर्थव्यवस्थामा ७...

काठमाडाैं । एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ। भदौको सुरुआती साता लगातार घटेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर उकालो...
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...