Tuesday, 2nd June, 2020

काेरोना त्रासले यतिबेला चलचित्र हलहरु शून्य

काठमाडौँ । विश्व बजारमा कोरोना भाइरस (कोभिड-१९)को प्रकोपसँगै विश्व चलचित्र बजार पनि धरापमा परेको छ । त्यसको असर नेपाली फिल्म हलमा पनि प्रत्यक्ष देख्न थालिएको छ ।

बिहीबार सम्पन्न नेपाल सरकारको उच्चस्तरीय सम्मन्वय समितिको निर्णयको अन्तिम बँुदामा पनि भाइरसको सङ्क्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एवं मेला महोत्सव सहभागी नहुन सबैलाई आह्वान गरिएको छ । यस निर्णयले पनि नेपाली फिल्म बजारको अवस्था दयनीय हुने पक्का छ ।

नेपालीमात्र नभएर बलिउड तथा हलिउड फिल्मबाट धानिएको हाम्रो फिल्म बजार यतिबेला शून्य प्रायः छ। आजबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु-२’ कोरोना सन्त्रासले अनिश्चित समयसम्मका लागि रोकियो। आउँदो चैत ७ गतेबाट प्रदर्शन गर्ने भनिएको ‘नीरफूल’ फिल्मले पनि अनिश्चित समयसम्मका लागि प्रदर्शन मिति स्थगित गर्‍यो।

यतिमात्र होइन अमेरिका, इटाली, चीन, कुवेत, भारतलगायत देशमा कोरोना प्रकोपसँगै फिल्म प्रदर्शन रोक्न थालिएको छ। हलहरू बन्द गरिएका छन्। यसबाट विश्व फिल्मबजार सुनसान हुने क्रममा छ। ‘बागी-३ जस्तो फिल्मका लागि पनि दर्शकको भीडले गति लिन सकेन भनेपछि कोरोना भाइरसको प्रभावले उद्योग नै धरापमा पुगेको महशुस गरेको छु।’

नेपालमा भने हालसम्म कोरोना भाइरसको सङ्क्रमण नदेखिएकाले हलहरू बन्द गरिएका छैनन्। तथापि, हलहरू फिल्म बिना रित्तो हुने देखिन्छ। अक्षयकुमार अभिनित बलिउड फिल्म ‘सूर्यवंशी’ले पनि अनिश्चित समयका लागि प्रर्दशन स्थगन गरेको छ। त्यस्तै अप्रिल १० बाट प्रदर्शनमा आउने तयारीमा रहेको दीपिका पादुकोण अभिनित फिल्म ‘८३’ले पनि प्रदर्शन मिति स्थगन गर्ने तयारी गरेको छ। ‘यसले पनि नेपाली हल फिल्मविहीन हुने पक्का देखिन्छ।

यतिबेला, नेपाली हलमा ‘बाघी ३’, ‘आमा’, लगायत फिल्म हलमा छन्। तर, दर्शकको चाप घट्दै गएको बताउँछन् ‘क्युज सिनेमाज्’ हलका व्यवस्थापक राकेश श्रेष्ठ। ‘हलमा दर्शकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सेनिटाइजर तथा सरसफाइमा उच्च सर्तकता अपनाएपनि दर्शकको माहोल घट्दै गएको सुनाउँछन् व्यवस्थापक श्रेष्ठ।

हलमा पुराना फिल्म प्रर्दशनमा रहेपनि नयाँ आउने अवस्था भने छैन। क्युएफएक्स सिनेमाज्, क्युब सिनेमाज्लगायतका हलहरूमा नयाँ प्रदर्शनमा आउने फिल्महरूको सूची देखिदैन। यसबाट भन्न सकिन्छ कि, नेपाली फिल्महल बन्द नगरिए पनि आफै बन्द हुने अवस्थामा छन्।

एक महिनासम्म हलमा नयाँ फिल्मको उपस्थिति शून्य हुँदा हलहरूको अवस्था के हुने हो यसै भन्ने अवस्था छैन। हलमा दर्शकको संख्या घट्दै गएको स्वीकार गर्छन् बानेश्वरस्थित ‘वन सिनेमाज्’का हल व्यवस्थापक उमेशराज गिरी ।

‘हलमा भाइरसको प्रकोपबाट बच्नका लागि गरिने सावधानी अपनाइएता पनि दर्शक २५/३० प्रतिशतले घटेका छन्,’ व्यवस्थापक गिरी भन्छन्, ‘अघिल्लो हप्ता बागी-३ हेर्न दर्शकको राम्रै चाप थियो। तर, पछिल्लो समय घट्दै गएको छ। अब, केही हलिउड फिल्म हलमा भएपनि अबका लागि नयाँ फिल्म खासै छैनन्। त्यसैले यो विषय सोचनीय बनेको छ।’

यता गोपीकृष्ण हलका व्यवस्थापक प्रदिप दाहाल फिल्म क्षेत्रमा पछिल्लो दुई महिनाको अवस्था दयनीय रहेको बताउँछन्। ‘फिल्म क्षेत्र संकटमा पुगेको महशुस गरेको छु। दुई महिना भयो तलब खान पनि पाएको छैन,’ दाहाल थप्छन्, ‘बागी-३ जस्तो फिल्मका लागि पनि दर्शकको भीडले गति लिन सकेन भनेपछि कोरोना भाइरसको प्रभावले उद्योग नै धरापमा पुगेको महशुस गरेको छु।’

‘गोपीकृष्णका मात्र ७ वटा हल छन्। त्यसमा २/३ वटा हल पनि सञ्चालन गर्न गाह्रो छ। विद्युतको शुल्क उठाउन पनि हम्मे छ, यस्तो अवस्थाले निराश बनाएको छ,’ व्यवस्थापक दाहाल भन्छन्, ‘बरु सङ्कटकालमा फिल्म हेर्न दर्शक आउँथे आजभोलि आउन छाडे ।’


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता